अमेरिकी डलर र कुवेती दिनारको मूल्य घट्यो, अन्य देशको कति ? हेर्नुहोस्

काठमाडौं, २५ असोज । आज बिहीबार विदेशी मुद्राको मूल्य केही घटेको छ। आज युएस डलर एकको खरिददर ११८ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ११९ रुपैयाँ ३ पैसा रहेको छ। यसअघि डलरको ११८ रुपैयाँ ७३ पैसा रहेको थियो।

त्यसैगरी साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५३ र बिक्रिदर ३२ रुपैयाँ ६९ पैसा छ। युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्रिदर ३२ रुपैयाँ ४० पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५२ पैसा र बिक्रिदर २८ रुपैयाँ ६६ पैसा रहेको छ।

यसैगरी कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४३ पैसा र बिक्रिदर १० रुपैयाँ ४८ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ९० रुपैयाँ १ पैसा छ भने बिक्रिदर ३ सय ९१ रुपैयाँ ९९ पैसा रहेको छ।

अन्य देशको विवरण तालिकामा हेर्नुहोस् :

Entertainment
  • No categories

You Might Also Like