घर पोत्ने माटो लिन गएका ४ बालिका ढिस्कोले पुरिएर गम्भीर घाईते

धनुषा । दीपावलीको तयारी गर्न भन्दै रातो माटो लिन गएका महोत्तरीका चारजना बालिका माटोको ढिस्कोमा पुरिएर गम्भीर घाइते भएका छन्। बिहानै माटो लिन गएका उनीहरुलाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेको स्थानीयले बताएका छन्।

घाईतेमध्य एकजना बालिकाको अवस्था गम्भीर छ । महोत्तरीको औरही नगरपालिका वडा नम्बर ३ श्रीपुरका विनोद साहकी १० वर्षिया छोरी मन्तोरिया साह गम्भीर घाईते भएकी हुन्। उनलाई थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ।

त्यसैगरी अन्य घाइते हुनेहरुमा सोही स्थानकी ६ वर्षकी छोरी रीता महतो, १२ वर्षकी छोरी काजल यादव र ८ वर्षकी वसन्ती यादवको औरहीको एक स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको स्थानीयले बताएका छन्।

You Might Also Like