शहीद स्मारक ए डिभिजन : फ्रेण्ड्स र थ्री स्टार भिड्ने

काठमाडौँ, २५ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छ। आज पहिलो खेल फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच तथा दोस्रो खेल जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ।

दुवै खेल अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को मैदान सातदोबाटोमा हुनेछ । यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको लिग असोज २४ गतेदेखि पुनः सञ्चालन भएको हो।

लिगका खेल तेह्र चरणसम्म खेलाइने छन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख, चौथोले रु १५ लाख, पाँचौँले रु सात लाख र छैटौँले रु पाँच लाख पुरस्कार पाउनेछ।

फेयर प्ले टिमले रु एक लाख तथा प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार पुरस्कार प्रदान गर्नेछ। रासस

Entertainment
  • No categories

You Might Also Like