शहीद स्मारक ए डिभिजन लिग : फ्रेन्ड्स क्लबलाई हराउँदै थ्री स्टार विजयी

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज भएको पहिलो खेलमा थ्री स्टार क्लब विजयी भएको छ।

आज ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टार क्लबले फ्रेन्ड्स क्लबलाई २ १ गोलले पराजित गर्दै ३ अंक जोड्न सफल भएको हो।

थ्री स्टारको जितमा रञ्जन विष्ट र बुद्ध चेम्जोङले गोल गरे। यता, फ्रेन्डस् क्लबका लागि विकास लामाले गोल फर्काएका थिए।

You Might Also Like