राजविराजमा ‘ग्याङ् फाइट’, एक युवकको मृत्यु

राजविराज, २६ असोज । राजविराज–१ मा ‘ग्याङ् फाइट’मा परी घाइते भएका एक युवकको उपचारका क्रममा आज मृत्यु भएको छ । सप्तरी सदरमुकाम राजविराज–१ मा गत मङ्गलबार दुई समूहबीच झडप भएको थियो ।

उक्त झडपका क्रममा गम्भीर घाइते भएका राजविराज–१ का भन्नालाल यादवका २१ वर्षीय छोरा प्रेमको ग्याङ् फाइटमा परी मृत्यु भएको पीडित परिवारले जनाएको छ । गाउँमै ग्याङ् फाइटमा परेका प्रेमको टाउकोमाथि काठको चिर्पटले प्रहार गरिएकाले रक्तश्राव बढी भएका कारण उनलाई तत्कालै उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्य भएको पीडितका बुबा भन्नालालले बताए । मृतकका पारिवारिक स्रोतका अनुसार १२/१३ जनाको समूहले प्रेममाथि एक्कासी आक्रमण गरेको र सो आक्रमणमा परी उनी घाइते भएपछि तत्कालै विराटनगर लगेर टाउकोमा ५२ टाँका लगाई उपचार थालिएको थियो ।

यसैबीच प्रेमको शवसहित मृतकका परिवार, आफन्त तथा गाउँलेहरुले आज दिउँसो राजविराजमा प्रदर्शन गरेका छन् । प्रेमको शव विराटनगरबाट ल्याएर हत्यारालाई अविलम्ब पक्राउ गरी कारवाहीको माग गर्दै प्रदर्शन गरिएको हो । राजविराजस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय अगाडि प्रेमको शवसहित प्रदर्शन गरिएको प्रर्दशनमा सहभागी रेमन्त यादवले बताए।

प्रदर्शन गर्दै उनको शवलाई नगर परिक्रमासमेत गरिएको थियो । प्रदर्शनका क्रममा हत्यामा संलग्नहुनेको नाम ब्यानरमै किटान गरी अविलम्ब पक्राउ गर्न माग गरिएको छ । यसैबीच प्रेमको पुरानै रिसइबीका कारण हत्या भएको बताउँदै हत्यामा संग्लन ब्यक्तिको तीब्ररुपमा खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।

Entertainment
  • No categories

You Might Also Like