घर भत्किँदा आठ बालबालिकाको मृत्यु

इस्लामावाद, २६ असोज । पाकिस्तानमा बिहीबार एउटा घर भत्किँदा कम्तीमा आठ बालबालिकाको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्त अन्तर्गत पर्ने सुख्खुरमा घर भत्केर नजिकै चौरमा खेलिरहेका स्थानीय आठ बालबालिकाको मृत्यु भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

घटनामा परी अन्य चार बालबालिका घाइते समेत भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । संवाददाताहरुका अनुसार मृत्यु भएका र घाइते भएका ती बालबालिकाहरु भत्किएको घर नजिकै खेलिरहेका थिए । घर भत्किए लगत्तै स्थानीय बासिन्दाले उनीहरूलाई बाहिर निकालेका थिए । उद्धार कार्यमा सरकारी उद्धारकर्ताहरू पुग्न सकेका थिएनन् ।

घटनामा परेका सवैलाई स्थानीयबासिन्दाले तत्काल स्थानीय अस्पतालमा पुर्याएका थिए । ती मध्ये आठ जनालाई अस्पतालले मृत घोषणा गरेको थियो । मृत्यु भएका मध्ये छ जना बालक रहेका छन् भने दुई जना बालिका छन् । उनीहरु सवै १२ बर्ष भन्दा कम उमेरका भएको समाचारमा जनाइएको छ । घटनामा परी घाइते भएकाहरुको अहिले पनि उपचार भइरहेको अधिकारीहरुले बताएका छन् ।

सिन्ध प्रान्तका मुख्य मन्त्री सिद मुराद अलि शाहले घाइतेहरुलाई पर्र्याप्त स्वास्थ्य सेवा पुर्याउने निर्देशन दिनु भएको छ ।

Entertainment
  • No categories

You Might Also Like