दशैंको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुकलाई टीका लगाइदिने

काठमाडौं, २६ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यस बर्ष सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । गत बर्ष सर्वसाधारणलाई टीका नलगाइदिएका ज्ञानेन्द्रले यो बर्ष विजयादशमीको दिन दिउँसो ३ बजेदेखि टीका लगाइदिने भएका हुन् ।

निर्मल निवासमा ११ बजेर ३७ मिनेटमा टीकाको साइत जुराइएको छ । पूर्वराजा ज्ञानेन्द्रले आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा आफन्तसँग टीका लागाउने कार्यक्रम तय भएको निर्मल निवास स्रोतले जनाएको छ ।

त्यसपछि दिउँसो ३ बजेदेखि निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम तय भएकोछ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Entertainment
  • No categories

You Might Also Like