आजको राशिफल मिति २०७५ साल असोज २६ गते शुक्रबार

rashifal

अाजको पञ्चाङ्ग

वि.सं. २०७५ साल असोज २६ गते। शुक्रबार। इश्वी सन् २०१८ अक्टोबर १२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– तृतीया, ६:५१ बजेउप्रान्त चतुर्थी। नक्षत्र– विशाखा, १३:०५ बजेउप्रान्त अनुराधा। योग– प्रीति, ११:३४ बजेउप्रान्त आयुष्मान्। करण– गर, ६:५१ बजेदेखि वणिज, १८:५२ बजेउप्रान्त भद्रा। आनन्दादिमा मातंग योग। चन्द्रराशि– तुला, ६:५५ बजेउप्रान्त वृश्चिक।

मेष राशी- चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आर्थिक पक्षमा सुधार हुनेछ । शत्रु पक्ष कमजोर हुँदा नविन कार्यमा सहज होला । व्यापार, व्यबसायमा मनग्य नाफा कमाईनेछ ।

बृष राशी- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
प्रेमसम्बन्ध सुमधुर रहँला । स्वास्थ्यमा सुधार होला । हर्षको खबर सुन्न पाइनेछ । रोकिएका कामले गति लिनेछन् ।

मिथुन राशी- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अवसर हुँदाहुदै पनि विकल्पको खोजीले तनाव सिर्जना होला । अरुको विश्वासमा पर्दा महत्वपूर्ण अवसरमा चुक्नुपर्ला । आर्थिक पक्ष कमजोर रहँला ।

कर्कट राशी- हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
मान्यजनको सहयोगले बिशिष्ट कार्यमा पनि सहज रुपले सफल भइनेछ । धार्मिक क्षेत्रको यात्रा हुनेछ । सामाजिक प्रतिष्ठामा बृद्धि हुनेछ ।

सिंह राशी- मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
दैनिक कार्यका अलवा नविन कार्यको समेत थालनी हुनेछ । नोकरीमा प्रशंसा मिल्नेछ । साझेदारी काम व्यबहारमा उचित लाभ मिल्नेछ ।

कन्या राशी- टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
स्वास्थ्यमा सुधार भएर जानेछ । व्यापार, व्यबसायमा समेत मनग्य नाफा कमाइने हुँदा आर्थिक पक्ष मजबुत रहँला । बिशिष्ट समारोहमा सहभागी भैएला ।

तुला राशी- र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
सहि गलत छुटाउन नसक्दा महत्वपूर्ण अवसरमा पछि परिनेछ । लशीलशीमा लाग्दा अनावश्यक खर्च हुनेछ । आफ्नै भन्नेले धोका दिनेछन् ।

बृश्चिक राशी- तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
मनमा शान्ति एवं शरीरमा क्रान्ति छाउने समय छ । ठूला व्यक्तिसँगको सम्पर्क वढ्नेछ । आर्थिक पक्ष बलियो रहँला ।

धनु राशी- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
व्यबसायमा लाग्नेहरुका लागि आजको दिन बिशेष फलदायी रहेको छ । दिगो फाइदा हुने क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । आम्दानीका बाटाहरु वढ्नेछन् ।

मकर राशी- भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आफन्तजनसँग टाढिएको सम्बन्धमा सुधार हुनेछ । आत्मबल र आत्मविश्वास वढेर जानेछ । कृषि क्षेत्रमा लाग्नेका लागि आर्थिक लाभ मिल्नेछ ।

कुम्भ राशी- गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
सामान्य काम व्यबहारमा पनि धेरै समय खर्चनुपर्दा हैरानी लाग्नेछ । परिश्रम अनुसारको उचित मूल्याङकन हुनेछैन् । स्वास्थ्य कमजोर रहँला ।

मीन राशी- दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अध्ययन, अध्यापनमा सफलता मिल्नेछ । पारिवारिक जमघटको योग रहेको छ । व्यबसायमा उचित लाभ मिल्दा खुसी भइनेछ ।

You Might Also Like