हिजो अत्यधिक बढेको डलरको मूल्य घट्यो, खाडीको पनि ओरालो

काठमाडौं, २६ असोज । आज शुक्रबार विदेशी मुद्राको मूल्य केही घटेको छ। आज युएस डलर एकको खरिददर ११८ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर ११८ रुपैयाँ ९० पैसा रहेको छ। यसअघि डलरको ११८ रुपैयाँ ४३ पैसा रहेको थियो।

त्यसैगरी साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७० पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रिदर ३२ रुपैयाँ ६६ पैसा छ। युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रिदर ३२ रुपैयाँ ३७ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४४ पैसा र बिक्रिदर २८ रुपैयाँ ५९ पैसा रहेको छ।

यसैगरी कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३७ पैसा र बिक्रिदर १० रुपैयाँ ४३ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ९२ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३ सय ९१ रुपैयाँ ९९ पैसा रहेको छ।

अन्य देशको विवरण तालिकामा हेर्नुहोस् :

Entertainment
  • No categories

You Might Also Like