आज सुनको मूल्य इतिहाँसकै महँगो, यस्तो छ बजारभाउ

काठमाडौँ, २६ असोज । आज शुक्रबार पनि छापावाल सुनको मूल्य बढेको छ। हिजो बढेर ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर ६० हजार पुगेको हो। यो मूल्य पछिल्लो समयको सबैभन्दा उच्च हो।

त्यस्तैगरी आज तेजाबी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो बिहीबार तेजावी सुन ५९ हजार रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो चाँदी ७४० रुपैयाँमा कारोबार भएको थियो।

Entertainment
  • No categories

You Might Also Like