सन्दीप र सोमपाल चम्किँदा ८२ रनमा खुम्चियो सिँगापुर

काठमाडौँ, २६ असोज । मलेसियाको क्वालालमपुरमा जारी आईसीसी विश्वकप एसिया छनौटमा सिंगापुरले नेपाललार्इ ८७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर फिल्डिङ रोजेको नेपालले सिंगापुरलाई ब्याटिङ्गको निम्तो दिएको थियो। खेल पानी परेर रोकिनुअघि ९ ओभर सकिँदासम्म ३ विकेट गुमाउँदै ४८ रन बनाएको सिंगापुरले अन्तत ८२ रन मात्रै बनाउन सफल भएको हो।

सिँगापुरका लागि एस चन्द्रमोहनले २५, मनप्रीत सिंहले १० र सिद्धान्तले १० रन बनाएका थिए। बाँकी ७ जनाले दोहोरो अंकको रन बनाउन सकेनन्।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका थिए। त्यसैगरी सोमपाल कामी र करण केसीले २–२ विकेट लिँदा ललित राजवंशी र बसन्त रेग्मीले एक–एक विकेट झारेका थिए।

You Might Also Like