आज फेरी बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ? हेर्नुहोस्

काठमाडौँ, १२ कार्तिक । हिजो आईतबार दुई सय रुपैयाँमा घटेर ६० हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज फेरी बढेको छ । आज बजारमा सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तैगरी आज तेजाबी सुनको भाउ पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुनको मूल्य ५९ हजार रुपैयाँ रहेको थियो।

आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ७५० रुपैयाँमा कारोबार भएको थियो।

Entertainment
  • No categories

You Might Also Like