बिवाहको तयारीमा व्यस्त प्रियंका र निक, सलमानलाई पुग्यो निम्तो !

एजेन्सी । बिवाहको तयारीमा रहेका प्रियंका चोपडा निक जोनस डान्स रियालिटी शो डान्स प्लसमा उपस्थित भएनन्। उनीहरु उक्त शो मा रेमो डिसुजासँगै गेष्ट जर्जको रुपमा आउने तयारी थियो ।

तर अहिले उनीहरु उक्त शो मा नआउने भएका हुन्। उच्च स्रोतका अनुसार प्रियंका र निकलाई संगै ल्याउने प्लान पूरा हुन नसकेको बताईएको छ।

उनीहरु उक्त डान्स शो को स्पेशल शो मा आउने तयारी भएपछि नोभेम्बरको अन्तिममा सुटिंग गराउने तयारी पनि भएको थियो । विवाह बन्धनमा बाधिँदै गरेका प्रियंका र निकले नभ्याउने भएपछि सबै सुटिंग पनि स्थगित गरिएको डान्स समुहले जनाएको छ। उनहीहरु १ डिसेम्बरका दिन विवाह बन्धनमा बाँधिदै छन्।

सुत्रका अनुसार प्रियंका र निक आगामी महिनाको अन्त्य सम्ममा भारत आउने सम्भावना छ । उनीहरुको बिवाह राजस्थानमा हुने खबर प्रियंकाको परिवारलाई उदृत गर्दै भारतीय संचार माध्यमहरुले जनाएका छन्। उनीहरुले बिवाहमा सेलेक्टेड व्यक्तिहरुलाई मात्रै निम्ता गरेको बताईएको छ। फिल्म क्षेत्रमा सुपरस्टार सलमान खानलाई पनि निम्ता गरिएको छ । तर उनको चलचित्र ‘भारत’ छोडेकी नायिका प्रियंकाको विवाहमा सामेल होलान् न नहोलान् त्यो भने हेर्न बाँकी नै छ।

You Might Also Like