चलचित्र ‘साङ्लो’ निर्माणमा लागे नायक विराज भट्ट

काठमाडौं । एक्सन नायक विराज भट्टले चलचित्र निर्माण गर्ने भएका छन्। पछिल्लो समय चलचित्रमा नदेखिएका नायक भट्ट नेपाली र भोजपुरी चलचित्रमा अभिनय गरेर चर्चित बनेका नायक भट्टले केही समय अगाडि रोज राणाको चलचित्र ‘जय परशुराम’ मार्फत नेपाली सिनेमामा कमब्याक गरेका थिए।

अब भने नायक विराज भट्ट नयाँ चलचित्र साङ्लो निर्देशनमा जुटेका हुन्। प्रेम र पारिवारिक कथामा तयार हुने यो सिनेमालाई रमाइलो बनाउने विराजको योजना छ। यो सिनेमाका लागि हाल एक जना नायिकाको खोजी भइरहेको छ।

सिनेमाका लागि राजनराज सिवाकोटी, सुरेश अधिकारी र विनोद खम्बुले ३ वटा गीत तयार पारिसकेको र सिनेमाको कथामा काम भैरहेका कारण फ्लोरमा जान केही समय लाग्ने बताईएको छ।

Entertainment
  • No categories
Loading...

You Might Also Like