जब जनावरले बचाए मानिसको ज्यान

एजेन्सी । मानिस र जनावरको सम्बन्ध अन्योन्याश्रित छ । घरपालुवा जनावर र मानिसको सम्बन्ध त झनै मायालु र सद्भावपूर्ण हुन्छ। घरपालुवा मात्र नभएर अन्य जनावर पनि मानिससंगै बसेपछि मानिससंग घनिष्ठ भएका उदाहरण प्रशस्तै छन् । मानिसले जनावरको ज्यान बचाउनु सामान्य लाग्छ, तर कतिपय अवस्थामा जनावरले मानिसको ज्यान बचाइदिएका पनि छन् ।

बाहिर सडकमा कैद भएको एउटा सिसिटिभी भिडियोले जनावरले बच्चालाई गर्ने माया देख्न सकिन्छ । उक्त भिडियोमा एउटा सानो बालक सडकपेटीमा साइकल चलाइरहेको हुन्छ । ऊ त्यहाँ एक्लै हुन्छ । यही मौकामा एउटा कुकुर त्यो बालकलाई झम्टिन आइपुग्छ । उसले बालकलाई झम्टिन्छ र साइकलबाट लडाएर थप घिसार्ने कोसिस गर्दै हुन्छ । यत्तिकैमा एउटा बिरालो आउँछ र कुकुरलाई झम्टिन्छ अनि बालकको सुरक्षा गर्नतिर लाग्छ । तब उक्त बालकको आमा आएर उसलाई लिएर जान्छिन् ।

इन्टरनेटमा अपलोड गरिएको एउटा घर भित्रको सिसिटिभी भिडियोले पनि घरमा पालेको बिरालोले बच्चालाई गर्ने मायालाई देखाएको छ । घरको एउटा कोठामा सानो बच्चा कोक्रोमा सुतिरहेको हुन्छ । बच्चाको बुवाले बिरालोलाई देखाउनकै लागि बच्चालाई पिटेजस्तो नक्कल गर्न थाल्छन् । त्यसपछि बिरालोले उनको हात समातिदिन्छ । तर, ती बुवाले बच्चालाई पिटे जस्तो नक्कल गरिरहन्छन् । त्यसपछि उक्त बिरालोले उनको हात नै टोकिदिन्छ ।

इन्टरनेटमा अपलोड गरिएको एउटा भिडियोमा आमाले आफ्नो छोरालाई गाली गर्दै, पिट्न थालेकी हुन्छिन् । यत्तिकैमा उनीहरुले घरमा पालेका दुई कुकुर त्यहाँ आउँछन् र भुक्न थाल्छन् । आमाले बच्चालाई पिट्न थालेपछि उनीहरु आमालाई नै झम्टिन जान्छन् ।

 

You Might Also Like