आज साताकै सस्तो डलर र कुवेती दिनारको भाउ, अन्य देशको कति ?

काठमाडौं, १७ कार्तिक । आज शनिबार विदेशी मुद्राको मूल्य ह्वात्तै घटेको छ। आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ६० पैसा रहेको छ भने विक्रिदर ११६ रुपैयाँ २० पैसा रहेको छ। हिजो शुक्रबार ११७ रुपैयाँमा कारोबार भएको डलरको भाउ आज २ रुपैयाँ सस्तो भएको हो । केही सातादेखि लगातार बढेको डलरको भाउ आज यो साताकै सबैभन्दा सस्तो हो।

आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९२ पैसा रहेको छ।

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६४ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७७ पैसा र बिक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ।

त्यसैगरी दक्षिण कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३९ पैसा र बिक्रिदर १० रुपैयाँ ४५ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ८० रुपैयाँ ७१ पैसा छ भने बिक्रिदर ३ सय ८२ रुपैयाँ ६९ पैसा रहेको छ।

अन्य देशको विवरण तालिकामा हेर्नुहोस्

मासिक राशिफल

You Might Also Like