आजको राशिफल : मिति २०७५ साल कार्तिक १९ गते त्रयोदशी तिथि सोमबार

आज मिति २०७५ साल कार्तिक १९ गते । तदनुसार सन् ५ नोभेम्बर सन् २०१८ । शकसंवत् १९४०, विरोधकृत् संवत्सर, दक्षिणायन, शरद ऋतु । नेपाल संवत् ११३८ कौलागा, कार्तिक कृष्णपक्ष, त्रयोदशी तिथि सोमबार । भगवान शिवको पूजा आरधाना गर्ने दिन।

मेष राशि
आफूमा भएको ज्ञान र सीपलाई प्रयोग गरेर अगाडी वढेमा धेरै उपलब्धी हात लाग्नेछ। आर्थिक कुराले वढी पिरोल्नेछ । परिवारमा देखिएका समस्या समाधान हुनेछन्।

बृष राशि
अल्छीपन त्यागी काममा लाग्नुहोला । आफन्तबाट पराईको व्यबहार हुन सक्छ सचेत रहनुहोला । लेनदेन कारोबारमा चनाखो रहनुहोला ।

मिथुन राशि
सबै समस्याको निकास आफैभित्रबाट निकाल्नुपर्ने देखिन्छ । जीवनसाथीको सहयोगमा महत्वपूर्ण कामहरु बन्नेछन् । सामाजिक प्रतिष्ठा बढ्नेछ।

कर्कट राशि
उत्पादनशील कार्यबाट आयआर्जन घट्नेछ । गलत बिचारको शिकार हुने सम्भावना छ । पारिवारिक समस्या वढ्नुका साथै आलस्यता पनि वढ्ने देखिन्छ।

सिंह  राशि
शत्रुसंगको लडाइबाट लाभान्वित हुनुहुनेछ । विवादको अन्त्य हुनेछ । समयमा कामहरु सम्पन्न गर्ने प्रयत्न गर्नुहोला नत्र पछि पश्चताप होला।

कन्या राशि
सहयोग गर्ने भन्दा सहयोग माग्ने ज्यादा हुनेछन् । आफन्तबाट रचनात्मक सहयोग पाइनेछ । गरेका कामकाजमा सफलता मिल्नेछ ।

तुला राशि
ठेक्कापट्टा र एजेन्सीका कामबाट थोरै राहत मिल्नेछ । घरका कुरालाई मनले वढी नै पिरोल्नेछ । काम गरेर जस भन्दा अपजस वढी मिल्नेछ।

बृश्चिक राशि
कार्यक्षेत्रमा नक्कलीहरुको प्रवेश हुन सक्छ सचेत रहनुहोला । कामबाट पूर्ण रुपमा सन्तुष्टी नमिलेपनि निरासा भने हुनुपर्ने छैन् । व्यापार, व्यबसायबाट आयआर्जन वढाउन सकिनेछ।

धनु  राशि
वैदेशिक काममा हात नहाल्नुहोला । परिवारमा विवाद वढ्न सक्छ । अर्काको कुरा सुनेर काम नगर्नुहोला क्षति धेरै हुन सक्छ ।

मकर राशि
अनावश्यक बिषयबस्तुले मानसिक तनाव वढाउनेछ । खानपिनमा ध्यान दिनुभएन भने स्वास्थ्य कमजोर रहनेछ । लेनदेन तथा कारोबारमा विवाद वढ्न सक्छ।

कुम्भ राशि
मनमा शान्ति मिल्नेछैन् । काममा दुविधा उत्पन्न हुनेछ, राज्यशत्तिको दुरुपयोग गरेर कसैले दुख दिन सक्छ । पढाई लेखाइमा सामान्य सुधार आउनेछ।

मीन राशि
आन्तरिक समस्या समाधान गर्न नसक्दा उपलब्धी गुम्न सक्छ । आफूले गरेका कामबाट आफूलाई भन्दा अरुलाई फाइदा हुन सक्छ । लेनदेनको कारोबारमा सचेत रहनुहोला।

मासिक राशिफल

You Might Also Like