बाबुले गरे १० वर्षीया छोरीमाथि ३ दिनसम्म यौन शोषण, उपचार गराउँदा गराउँदै बालिकाको मृत्यु

काठमाडौँ । नेपालगन्जमा आफ्नै बाबुबाट यौन दुर्व्यवहार गरिएकी १० वर्षीया बालिकाको उपचारका क्रममा ज्यान गएको छ। गत कार्तिक १२ गते सोमबार बेहोस अवस्थामा भेटिएकी बालिकाको नेपालगन्ज मेडिकल कलेजको आईसीयूमा उपचारकै क्रममा ज्यान गएको अस्पताल स्रोतले जनाएको छ।

बालिकाको मृत्युपछि उनकी आमाले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी छन्। जाहेरीमा कातिक ३, ४ र ५ गते निरन्तर बालिकामाथि बाबुले यौन दुर्व्यवहार गरेको उल्लेख छ। आरोपी बाबुलार्ई जाहेरी परेकै दिन प्रहरीले नियन्त्रणमा लिएको छ।

बालिका पोलियो रोगका कारण अपांगता भएकाले तेल लगाउने गरिएको थियो। सोही तेल लगाउने बहानामा यौन अंग चलाउने गरेको किटानीसहित जाहेरी परेकाले यस विषयमा अनुसन्धान भइरहेको बाँके जिल्ला प्रहरी प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए।

मासिक राशिफल

You Might Also Like