आज कति छ विदेशी मुद्राको विनिमय ? हेर्नुहोस् बजारभाउ

काठमाडौं, १९ कार्तिक । आज सोमबार विदेशी मुद्राको मूल्य सामान्य रहेको छ। आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ६० पैसा रहेको छ भने विक्रिदर ११६ रुपैयाँ २० पैसा रहेको छ।

शुक्रबार ११७ रुपैयाँमा कारोबार भएको डलरको भाउ हिजो २ रुपैयाँले घटेको हो। आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९२ पैसा रहेको छ।

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६४ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ७७ पैसा र बिक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ।

त्यसैगरी दक्षिण कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रिदर १० रुपैयाँ ३९ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ८० रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर ३ सय ८२ रुपैयाँ ५० पैसा रहेको छ।

अन्य देशको विवरण तालिकामा हेर्नुहोस् :

You Might Also Like