मोटोपनले सतायो ? घरमै बनाएर यो जुस पिउँनुहोस् त्यसपछि स्लिम

एजेन्सी । आधुनिक जीवनशैलीमा मोटोपनाले सबैलाई सताएको छ । मोटोपना घटाउनको लागि मानिसहरु शारीरिक अभ्यास देखि विभिन्न उपाय अपनाउने गर्छन् । तर शारीरिक काम भन्दा मानसिक काम बढी गर्नुपर्ने आजको समयमा मोटोपना घटाउनु एकदमै गाह्रो बनिरहेको छ । मोटोपना घटाउन चाहने व्यक्तिले बाहिरको खाना नखाने तथा हरियो सागसब्जी र फलफूल बढी खानु आवश्यक हुन्छ।

मोटोपना घटाउनको लागि घरेलु सामग्रीबाट तयार गरिने एउटा जुस प्रभावकारी मानिन्छ । उक्त जुस तयार गर्नको लागि निमको पात, अदुवा, इलाइचि, धनियाँ, सौफ, अमला, दालचिनी र लसुनको आवश्यकता पर्छ । धनियाँ जरा संगै नै लिनुपर्छ।

जुसको लागि सुरुमा एउटा भाँडोमा पानी तताउनुपर्छ । पानी तातिसकेपछि त्यसमा सबै कुरा हालेर उमाल्नुपर्छ । त्यसपछि त्यो पानीलाई केही छिन सेलाउन दिनुपर्छ र त्यसबाट उमालेका सबै सामग्री छानेर मिक्सरमा मिक्स गर्नुपर्छ । अब त्यो पेस्टलाई पनि त्यही पानीमा राख्नुपर्छ । त्यसपछि त्यो पानीलाई छानेर पिउनुपर्छ । यो जुस एकैपटक धेरै बनाएर फ्रिजमा राख्न पनि सकिन्छ।

यो जुसलाई बिहान उठ्ने बितिकै खाली पेटमा पिउनुपर्छ । यसको साथै यो जुसलाई दिउँसो खानाको समय पछि पनि पिउन सकिन्छ। खाना पछि पिउँदा खाना खाएको ४५ मिनेट पछि मात्र पिउनु राम्रो मानिन्छ । यो जुस लगातार रुपमा एक महिना सम्म पिउनाले शरीरको मोटोपना धेरै मात्रामा घट्छ । यो जुसले मधुमेहका रोगी, जोर्नी दुख्ने रोगीहरुलाई पनि राम्रो गर्छ । यसको साथै, यो जुसको सेवन गर्नाले अनुहार तथा कपालको सौन्दर्यतामा निखारता आउँछ।

You Might Also Like