आईसियुमा गम्भीर अवस्थामा उपचार गराईरहेकी किशोरीमाथि सामुहिक बलात्कार

एजेन्सी । नेपालमा दिन प्रतिदिन बलात्कारका घटना बढिरहेका बेला फेरी एक १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ।

सर्पको टोकाईबाट गम्भीर बिरामी भई अस्पतालमा उपचार गराईरहेकी ति किशोरीमाथि सामुहिक बलात्कार भएको हो। हाम्रै छिमेकी भारतको उत्तर प्रदेशको बरेली अस्पतालमा आईसियु कक्षमा उपचार गराईरहेक ति किशोरीलाई सोही अस्पतालका सेक्युरिटी र अन्य चार जना अज्ञात मानिसको समुहले बलात्कार गरेको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

बिरामीको मन्दिर मानिने अस्पतालमै गम्भीर विरामीमाथि बलात्कार भएको सम्भवत यो पहिलो घटना हो। किशोरी जनरल वार्डमा सिफ्ट भएपछि घटनाका बारेर खुलासा भएको हो। सर्पको टोकाईबाट आईसियुमा भर्ना गरिएकी किशोरीलाई कसैले भेट्न जान पाइने थिएन।

सोही समयमा आफ्नी छोरीमाथि सामुहिक बलात्कार भएको उनका बाबुले बताएका छन्। यस विषयमा प्रहरीले आईसियुमा भर्ना भएका बिरामी र अस्पतालको फुटेज हेरर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

You Might Also Like