आज यस्तो छ सुन चाँदीको बजारभाउ

काठमाडौँ, २० कार्तिक । आज मंगलबार नेपाली बजारमा सुनको भाउ ६० हजार रुपैयाँ रहेको छ। गत शुक्रबारदेखि यो मूल्यमा घटबढ भएको छैन।

आज मंगलबार छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ। आज तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

यसअघि तेजावी सुनको मूल्य ५९ हजार ६ सय रुपैयाँ रहेको थियो। यसअघि तेजावी सुनको मूल्य एक सय रुपैयाँ सस्तो थियो। आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ७३५ रुपैयाँमा कारोबार भएको थियो।

Loading...

You Might Also Like