आज ह्वात्तै बढ्यो अमेरिकी डलर र कुवेती दिनारको भाउ, अन्य देशको कति ?

काठमाडौं, २० कार्तिक । आज मंगलबार विदेशी मुद्राको मूल्य सामान्य रुपमा बढेको छ। आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ १७ पैसा रहेको छ भने विक्रिदर ११७ रुपैयाँ ३० पैसा रहेको छ। यसअघि डलरको भाउ ११५ रुपैयाँ रहेको थियो।

आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रिदर ३० रुपैयाँ २७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रिदर ३२ रुपैयाँ २१ पैसा रहेको छ।

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९४ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रिदर २८ रुपैयाँ ९ पैसा रहेको छ।

त्यसैगरी दक्षिण कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३९ पैसा र बिक्रिदर १० रुपैयाँ ४४ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ८४ रुपैयाँ १ पैसा छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ९८ पैसा रहेको छ।

अन्य देशको विवरण तालिकामा हेर्नुहोस् :

You Might Also Like