आज लक्ष्मी पूजाको दिन कुन राशिका लागि अति उत्तम ? हेर्नुहोस् आजको राशिफल

आज मिति विस २०७५ साल कार्तिक २१ गते, तदनुसार नोभेम्बर ७ सन् २०१८। शकसंवत् १९४०, विरोधकृत् संवत्सर, दक्षिणायन, शरद ऋतु, नेपाल संवत् ११३८ कौलागा । कार्तिक कृष्णपक्ष, औंसी तिथि बुधबार । भगवान श्री कृष्णको पूजा आरधाना गर्ने दिन।

मेषः शुभ बिचारको उदय हुनेछ । घरमा नयाँ चहलपहल छाउनेछ । मानसिक क्षमतामा बृद्धि हुनेछ । व्यबसायमा मनग्य नाफा हुँदा खुसी भईनेछ ।

वृषः स्वास्थ्यमा सुधार हुनेछ । कामप्रतिको लगनशीलता वढेर जानेछ । आम्दानीका नयाँ स्रोत वढ्नेछन् । व्यबसायमा लाभ मिल्नेछ ।

मिथुनः आफ्ना लागि भन्दा अरुका काम व्यबहारमा समय खर्च गर्नुपर्नेछ । केहि अपजसको सामना गर्नुपर्ला । धार्मिक क्षेत्रको यात्रा आजका दिनमा सफल देखिन्छ ।

कर्कटः स्वास्थ्य ठिक ठाक हुने हुनाले नविन कार्यको थालनी होला । व्यक्तित्वको चर्चा हुनेछ । सामाजिक काम, व्यबहारबाट सम्मान मिल्नेछ । आर्थिक पक्ष मजबुत देखिन्छ ।

सिंहः मनोरन्जनात्मक कार्यमा सहभागी भैयला । विपरीत लिंगीको सहयोगले महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सोचेका कार्यहरु एकाएक पुरा हुँदा हर्ष मिल्नेछ ।

कन्याः शारीरीक स्फूती वढेर जानेछ । आकस्मिक लाभको योग रहेको छ । बौद्धिक कलाको प्रसंशा हुनेछ । प्रियजनसँगको भेटले खुसीयाली छाउनेछ ।

तुलाः स्वास्थ्य समस्या कायमै रहँला । लहिलहिमा लाग्दा अनावश्यक खर्च हुनेछ । मनोरन्जनमा भुल्दा महत्वपूर्ण अवसर फुत्कनेछ । शत्रु पक्ष सक्रिय हुनेछन् ।

वृश्चिकः आर्थिक लाभ हुने दिन रहेको छ । पराक्रम वढेर जानेछ । मांगलिक कार्यमा सहभागी हुने योग रहेको छ । व्यबसायमा राम्रै होला।

धनुः अरुको भर विश्वासमा पर्दा धोका मिल्नेछ । आर्थिक कारोबारमा विवाद सिर्जना होला । परिश्रमको उचित मूल्याङकन नहुँदा काम गर्ने जागर घट्नेछ ।

मकरः पारिवारिक मनमुटावले दैनिक काम व्यबहारमा असर पर्नेछ । अध्ययनमा रुची लाग्ने छैन् । व्यबसायमा मध्यम लाभ होला।

कुम्भः कष्टकर यात्राको सम्भावना बलियो रहेको छ । अनावश्यक झन्झटको सामना गर्नुपर्नेछ । बोलीकै कारण आफन्तजनसँग विवाद होला । पढाइमा मन जाने छैन्।

मीनः सञ्चित धनको नास हुनाले खिन्नता छाउँला । शारीरिक शिथिलताका कारण काम गर्ने जागर लाग्ने छै्न । व्यर्थको भ्रमण हुनेछ ।

You Might Also Like