धार्मिक सहिष्णुताको नमूना नेपाल

चितवन, २१ कार्तिक । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल धार्मिक सहिष्णुताको नमूनाको देश भएको बताउनुभएको छ। विश्वमा धर्मको नाममा हिंसा भएको बताउँदै उहाँले नेपालको धार्मिक एकताले विश्वमा पहिचान दिएको छ भन्नुभयो।

भरतपुरको बागेश्वरीमा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा आज सामूहिक गौ पूजन कार्यक्रममा उहाँले सबै धर्मलाई मिलाएर लैजान सक्ने क्षमता नेपालीमा भएकोे बताउनुभयो । सबै धर्मलाई सम्मान गरेर अगाडि बढ्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो।

उहाँले हिन्दूधर्मले सबै धर्मको सम्मान गरेको भन्दै यसमा गर्व गर्नुपर्ने बताउनुभयो। सो अवसरमा केन्द्रमा संरक्षण गरेर राखिएका १५० गाईको पूजा गरिएको थियो । बागेश्वरीमा वर्षेनी सामूहिक गौ पूजन गरिन्छ। लक्ष्मी पूजाको अवसरमा आज केन्द्रमा गाईको पूजा गर्न ठूलो भीड लागेको थियो । गाई पूजासँगै गोवद्र्धन पूजा गरिएको थियो।

मासिक राशिफल

You Might Also Like