आज फेरी बढ्यो अमेरिकी डलरको मूल्य, कुवेतको घट्यो

काठमाडौं, २१ कार्तिक । आज बुधबार विदेशी मुद्राको मूल्य सामान्य रुपमा बढेको छ। आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५० पैसा रहेको छ भने विक्रिदर ११७ रुपैयाँ १० पैसा रहेको छ। यसअघि डलरको भाउ ११५ रुपैयाँ रहेको थियो।

आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६ पैसा र बिक्रिदर ३० रुपैयाँ २२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रिदर ३२ रुपैयाँ १६ पैसा रहेको छ।

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ७२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८८ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रिदर २८ रुपैयाँ ४ पैसा रहेको छ।

त्यसैगरी दक्षिण कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३७ पैसा र बिक्रिदर १० रुपैयाँ ४२ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ८३ रुपैयाँ ४१ पैसा छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ३९ पैसा रहेको छ।

अन्य देशको विवरण तालिकामा हेर्नुहोस्

You Might Also Like