दिपावलीको साँझ यी ६ स्थानमा दीयो बाल्न नछुटाउनुस…

diyo

दिपावलीको साँझ जसले यी ६ स्थानमा दीप जलाउछन, उसको घरमा माता लक्ष्मीले जरुर बास गर्ने छिन र त्यस घरमा पैसाको समस्या कहिल्यै आउँदैन।

त्यसैले दिपावलीको साँझ यी ६ स्थानमा दीयो बाल्न नछुटाउनुस।

भिडियो हेर्नुसः

इन्टरनेटखबर डटकम काडमाडाैं । झिलिमिली बत्तीहरुको पर्व तिहारमा माता लक्ष्मीलाई आफ्नो घरमा भित्र्याउने शुभ समय भइसकेको छ। दीपावलीको रातमा माता लक्ष्मी जसको घरमा आफ्नो कृपा बर्साउने छिन उस घरमा पैसा धन दौलत सुख समृद्धिको बर्षात हुन थाल्दछ । माता लक्ष्मीलाई खुशी पार्नका लागि दिपावलीको दिन मान्छेहरु विभिन्न किसिमका उपायाहरु गर्ने गर्दछन् । शास्त्रका अनुसार दिपावलीको रातमा माता लक्ष्मी भ्रमणका क्रममा हुन्छिन। माता लक्ष्मीको कृपा पाउनका लागि मान्छेहरु आफ्नो घर आँगनलाई झलमल्ल दियो बालेर सजाउने गर्दछन। आउनुहोस जानौ माता लक्ष्मीलाई खुशी पार्नका लागि घरमा कुनकुन स्थानमा दीयो बाल्नु पर्दछ।

दीपावलीको साँझ पीपलको रुखको फेदमा दीयो बाल्नु पर्दछ किनकी पीपलको बोटलाई सबै देवताहरुको निवास स्थान मान्निछ। जसले यो स्थानमा पहिलो दियो बाल्दछ माता लक्ष्मीले उसको घरमा अवस्य निवास गर्नेछिन।

दीपावलीको रातमा माता लक्ष्मी घरको मुख्य द्वारमा आउने मान्यता रहिआएको छ । यसैले दीपावलीको रात आफ्नो घरको मुख्यद्वारमा एक जोर दियो अनिवार्य जलाउनु होस।

घरको छेउछाउका मन्दिरमा दीपावलीको दिन एउटा दीयो अवस्य जलाउनु होस् । यसो गर्दा पुरा सालभर माता लक्ष्मीको कृपा मिलीरहने छ र रुपैया पैसाको कहिल्यै कमि हुने छैन ।

दीपावलीको रातमा कुनै सुनसान ठाउँमा पनि एउटा दीयो अवस्य बाल्नु होला र सक्नुहुन्छ भने कुनै दोबाटोमा पनि एक दियो जलाइदिनुहोस् । यसले गर्दा आफ्नो घरमा खराब आत्माले प्रवेश गर्न नसक्ने मान्यता छ।

आँगन घरको मुख्य तथा महत्वपूर्ण भाग हो ।दीपावलीको रात माता लक्ष्मी ढोकाहरुको अलवा आँगनबाट पनि प्रवेश गर्ने भएकोले आँगनमा पनि दीयो बालिदिनु होला ।

एउटा दीयो तपाइले पैसा राख्ने स्थानमा पनि बाली दिनुस किनकी माता लक्ष्मी घरमा प्रवेश गर्ने बित्तिकै भडाँरकोठामा प्रवेश गर्ने हुनाले त्यस स्थानमा दीयो बाल्दा सधै लक्ष्मीले बास गर्ने छिन ।

You Might Also Like