घरको आँगनमा मिलेका यी होस् उडाउने चीज

काठमाडौं । सबैको सपना आफ्नो सुन्दर घर, चिटिक्क परेको र त्यसमा खुशी भरिएको होस् भन्ने हुन्छ । जोकोही व्यक्तिले पनि घरको कल्पना गर्दा वरिपरि सुन्दर वातावरण, अगाडी बगैंचा र चिटिक्क मिलेको घरको कल्पना गर्छ । घरको आँगनको वरिपरि उसले फूलहरु फुलाएर स्वर्ग जस्तो आभास गराउन चाहन्छ । तर कहिलेकाहीं उसको त्यो कल्पना विपरित भएर निस्किन्छ ।

अर्लिंस लुजियानामा बस्ने भिन्सेन्ट मार्सेलो आफ्नो घरको पछाडी स्विमिङ्ग पुल बनाउन चाहन्थे । त्यसैले उनले मान्छे बोलाएर जमिन खन्न लगाए । जमिन खन्दा त्यहाँ केही भएको महसुस भयो र गहिरो गरि खनेर हेर्दा थाहा भयो कि त्यहाँ चिहान थियो । खनेर हेरेपछि उनको घरको पछाडीको आँगनमा तेह्र कफिन भेटीए, जसमा मानिसका शव थिए। अनुसन्धान पछि थाहा भयो कि, त्यो चिहान १७ औं शताब्दीको थियो र पुरिएको थियो ।

क्रिसेन कलेन अट्कस नाम गरेको एक परिवारले सन् २०१३ मा क्यालिफोर्नियामा एक घर किनेका थिए । त्यो घर पहिले एक न्युक्लियर इन्जिनियरको थियो । त्यस घर पछाडी अट्कस परिवारले एउटा खाडल भेटे । उनीहरुले सामान्य सोंचेको त्यो खाडल न्युक्लियरको गोदाम थियो ।

रुस र अमेरिका बीच भएको शीतयुद्धको समयमा लडाईबाट बच्नको लागि ती न्युक्लियर इन्जिनियरले उक्त गोदाम बनाएका थिए । त्यो गोदाम सुरक्षित र राम्रो अवस्थामा थियो । आफूहरुले घर बेच्दा त्यसको पनि पैसा आउन सक्ने सम्भावना देखेपछि अट्कस परिवारले उक्त गोदामलाई यत्तिकै राखेको थियो ।

ओरल्यानडो फ्लोरिडामा बाह्र हजार एकड जमिनमा हजारौं घर बनाइदै थियो । तर निर्माण कार्य हुँदाहुँदै त्यहाँको काम रोकिएको थियो । किनकी त्यहाँ धेरै बमहरु भेटिएका थिए र स्कुल निर्माणको क्रममा बम पड्किएर कामदारहरु जलेका थिए । यो ठाउँमा द्वितीय विश्वयुद्धमा बम वर्षा भएको थियो । जसले गर्दा धेरै वर्ष सम्म पनि त्यसको जमिन मुनी प्रयोग नभएका सयौं बमहरु भेटीए ।

Entertainment
  • No categories

You Might Also Like