के चन्द्रमा खोक्रो छ ? यस्ता छन् चन्द्रमासँग सम्बन्धित केही रहस्य !

एजेन्सी । चन्द्रमाले आकाश तथा पृथ्वीलाई सुन्दर बनाएको छ । धार्मिक हिसाबले चन्द्रमालाई भगवान समेत मान्ने गरिन्छ । चन्द्रमाको स्थिति अनुरुप नै पात्रोहरु बनेका छन् । चन्द्रमाको बारेमा विभिन्न कथाहरु समेत छन् । अँध्यारो रातको समयमा चन्द्रमाले हामीलाई प्रकाश प्रदान गर्ने गर्छ ।

चन्द्रमाले गर्दा नै सौर्यमंडलमा पृथ्वीको स्थिति रहेको छ । यदि चन्द्रमा नहुँदो हो त, हामी पनि जीवित रहने थिएनौ । चन्द्रमा पृथ्वी देखि नजिक छ, तर अझै पनि चन्द्रमा एउटा रहस्य नै बनेको छ । अपोलो मिसन मार्फत मान्छेले पहिलो पटक चन्द्रमामा टेकेका थिए । त्यसपछि चन्द्रमाका बारेमा विभिन्न जानकारी तथा सिद्धान्त बाहिर आउन थालेका थिए ।

नाशाको अपोलो मिसनमा अन्तरिक्ष यात्रीहरुले एउटा प्रभाव छोडेका थिए। उनीहरुले एक सेटलाइटलाई चन्द्रमाको सतह संग ठोक्काएर केही निशान बनाउन चाहेका थिए । तर सेटलाइट र चन्द्रमाको सतह ठोक्किंदा चन्द्रमाको सतह कम्पन भयो । त्यहाँ सेटलाइट भित्रबाट खोक्रो रहेको वस्तुस्नागा ठोकिएको जसरि कम्पन भएको थियो । यसपछि वैज्ञानिकहरु अचम्भित भएका थिए । किनकि त्यस्तो कम्पन हुनुको अर्थ चन्द्रमा भित्रबाट खोक्रो हुनु हो ।

चन्द्रमा मानिसले पाइला पनि टेकिसक्यो । तर चन्द्रमा कसरि बन्यो भन्ने कुरा चाहिं वैज्ञानिकले पनि आजसम्म पत्ता लगाउन सकेका छैनन् । केही वैज्ञानिकले मान्छन् कि, कुनै ठूलो पिण्ड पृथ्वीसंग आएर ठोक्कियो र त्यसबाट चन्द्रमा बन्यो । केही वैज्ञानिकले यो मान्छन् कि, कुनै गोलो पिण्ड पृथ्वीको वरिपरि घुमिरहेको थियो, त्यसै समयमा पृथ्वीले त्यसलाई आफू तिर तान्यो र त्यो चन्द्रमा बन्यो । तर, चन्द्रमाको आकार पृथ्वी भन्दा केही मात्र सानो भएकोले पृथ्वीले चन्द्रमा आफू तिर तान्न सक्नु असम्भव छ ।

चन्द्रमाको आकार पनि एउटा रहस्य बनेर रहेको छ । पृथ्वीभन्दा चन्द्रमा सानो छ, तर केही मात्र सानो छ अर्थात चन्द्रमा पृथ्वीको चार भागको एक भाग बराबर छ। अरु ग्रहको चन्द्रमालाई हेर्दा ती चन्द्रमाहरु ग्रहभन्दा निकै नै साना छन् ।

Entertainment
  • No categories

You Might Also Like