आज ह्वात्तै बढ्यो सुनको मूल्य, यतिमा हुँदैछ कारोबार

काठमाडौँ, १८ मंसिर । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। यसअघि ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९ सय रुपैयाँ बढेर ५८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुनको मूल्य ५७ हजार १ सय सय रुपैयाँ रहेको थियो।

आज चाँदीको मूल्य प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भईरहेको छ।

Loading...

You Might Also Like