आजको राशिफलः वि.सं. २०७५ साल मंसिर १९ गते बुधबार सन् २०१८ डिसेम्बर ५ तारिख

आज मिति वि.सं. २०७५ साल मंसिर १९ गते बुधबारका दिन तदनुसार इश्वी सम्बत सन् २०१८ डिसेम्बर ५ तारिख विरोधकृत् संवत्सर। दक्षिणायन, हेमन्त ऋतु, मार्ग कृष्णपक्ष त्रयोदशी तिथि, प्रस्तुत छ आजको राशिफलः

मेष राशि (चु,चे,चो,ला,ली,लु,ले,लो,अ)व्यापार व्यबसायमा आम्दानी हुनेछ । घर परिवार तथा आफन्तका आवश्यकताहरु पुरा गर्न सकिनेछ । माया, प्रेममा सामिप्यता वढेर जानेछ ।

वृष राशि (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)समयको सही सदुपयोग नगर्दा दुख पाईनेछ । लामो दुरीको वैदेशिक यात्राको तय हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आउला सचेत हुनुहोला ।

मिथुन राशि(क,कि,कु,घ,ङ,छ,के,को,ह)आर्थिक सवालमा उठ्ने प्रश्नको हल हुनेछ । आम्दानीको स्रोतहरु फेला पर्नेछन् । आत्मीय साथीहरुसँग भेट हुने हुनाले मन प्रशन्न हुनेछ ।

कर्कट राशि(हि,हु,हे,हो,डा,डी,डु,डे,डो)काम गर्ने सिलसिलामा बिभिन्न बाधाहरु सिर्जना हुनेछन् । व्यापार व्यबसायमा नाफा कमाउन समय खर्चिनेछ । बिना काम झमेलामा फसिनेछ ।

सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)समाजमा लोकप्रिय काम गरी नाम तथा दाम दुबै कमाउने योग रहेको छ । धर्म कर्ममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्रा होला । माया प्रेममा सहयोग पाइनेछ ।

कन्या राशि (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)काम गर्ने अवसरहरु आएपनि समयको ख्याल नगर्दा पछाडी परिने छ । व्यापारमा मन्दी आउनुका साथै लगानी फस्के सम्भावना छ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरु हावी हुनेछन् ।

तुला राशि (रा,री,रु,रे,रो,ता,ति,तु,ते)मित्रताको सम्बन्ध कसिलो हुनुका साथै प्रेमले वैवाहिक मार्ग अबलम्बन गर्न सक्छ । भौतिक सम्पत्ति तथा उपहार प्राप्तीको योग रहेको छ । मिष्ठान भोजन होला ।

वृश्चिक राशि (तो,ना,नि,नू,ने,नो,या,यु,यी)छिमेकीहरुले भाँझो हालेर घरमा झगडा निम्त्याउनेछन् सचेत हुनुहोला । न्यायिक निर्णयहरु पनि विपक्षमा फैसला हुनेछन् । स्वास्थयमा समस्या आउन सक्छ ख्याल गर्नुहोला ।

धनु राशि (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)बाधा, अपरोधहरु स्वतः हटेर जानेछन् । आकस्मिक भौतिक सम्पत्ति तथा सवारीसाधन प्राप्तिको योग रहेको छ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउन सक्छ ।

मकर राशि (भो,जा,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी)पढ्ने, लेख्ने काममा खासै मन जानेछैन् । घरपरिवारसँग छुटिएर यात्रा गर्दा मनमा खिन्नता पैदा हुनेछ । आफ्नो भन्दा अरुकै काममा समय बित्नेछ ।

कुम्भ राशि (गु,गे,गो,सा,सी,सु,से,सो,द)छोटो तथा रमाईलो यात्रा हुने भएपनि गन्तब्यमा पुग्नुअघि नै समस्याहरुको सामना गर्नुपर्नेछ । आफन्त तथा दाजुभाईसँग मनमुटाबको सिर्जना हुनेछ । माया, प्रेममा अविश्वास वढ्ने छ ।

मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)बोलेर गरिने पेशामा लगानी गर्दा मनग्य आम्दानी होला । पढाइ लेखाइमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित हुनेछ ।

Entertainment
  • No categories

You Might Also Like