नेपाल आइडल–२ को उपाधि ओडलाई, के के पाए पुरस्कार??

काठमाडौँ, ६ पुस चर्चित सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल–२’ को उपाधि रवि ओडले जितेका छन् ।

आज भएको अन्तिम प्रतिस्पर्धामा तीन प्रतिस्पर्धीलाई पछि पार्दै सूदूरपश्चिम प्रदेशको कञ्चनपुरका ओडले उपाधि जितेको हुन् । नेपाल आइडल–२ को उपाधि जितेसँगै उनले रु २२ लाख, कार र गोल्डेन ट्रफी हात पारेका छन् ।

आइडलको फस्र्ट रनरअप गण्डकी प्रदेश, कास्कीका विक्रम बराल भए । उनले रु २० लाख पुस्कार पाए । त्यसैगरी सेकेण्ड रनरअप प्रदेश नं १, झापाका सुमित पाठक भए । उनले रु १२ लाख पुरस्कार प्राप्त गरे । प्रतियोगिताको थर्ड रनरअप प्रदेश नं १ कै झापाकी अस्मिता अधिकारी भइन् । उनले स्कुटर पुरस्कार प्राप्त गरिन् । रासस

Ravi Oad wins ‘Nepal Idol-2’

Kathmandu, Dec 21 (RSS): Ravi Oad has won the title of ‘Nepal Idol-2’, a famous singing reality show aired on AP1 television.
Ravi Oad of Kanchanpur clinched the title in the grand finale organsied at Pulchowk Engineering Ground on Friday. He won Rs 2.2 million in cash prize, a car and a golden trophy along with the title.
Similarly, Bikram Baral of Kaski became first runner up. He received two million rupees prize while Sumit Pathak and Asmita Adhikari of Jhapa secured second runner-up and third runner-up position. Pathak won Rs 1.2 million prize while Adhikari got a scooter.

Entertainment
  • No categories
Loading...

You Might Also Like