आजको राशिफल – मिति २०७५ साल पुस २६ गते बिहीबार

मेष
नयाँ काम सुरुवातको लागि उत्तम समय रहेको छ । वैवाहिक सम्बन्ध सुमधुर रहनेछ । अरुलाई प्रभावित पार्नको लागि फजुल खर्च हुनेछ । अनुहारमा कान्ती छाउनेछ ।

वृष

स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुपर्ने समय रहेको छ । परिवारमा मतभेद उत्पन्न हुनेछ । काममा लगनशील भएर लाग्नाले प्रतिष्ठा कमाउने योग रहेको छ ।

मिथुन
बोलीमा नियन्त्रण गर्नुहोला । काममा सफलता मिल्नेछ । गोपनियतामा ध्यान दिनुपर्ने समय रहेको छ । शिक्षामा सफलता मिल्नेछ । वैवाहिक सम्बन्धमा दरार उत्पन्न हुने योग रहेको छ ।

कर्कट
विवादबाट बच्नु उत्तम हुनेछ । व्यवसायमा घाटा हुने सम्भावना रहेको छ । वैवाहिक सम्बन्धमा तनाव सिर्जना हुनेछ । फजुल खर्च बढ्नेछ ।

सिंह
रोगमुक्त भइनेछ । मनोरंजनको क्षेत्रमा खर्च बढ्नेछ । अरुलाई आफूप्रति छिट्टै आकर्षित गर्न सकिनेछ । बुद्धि बढ्नेछ । धन लाभ हुने योग रहेको छ ।

कन्या
आवेगमा आउने भएकोले संयमित रहनुपर्नेछ । परिवारमा मतभेद उत्पन्न हुन सक्नेछ । काममा बाधा आउनेछ । दुर्घटनाको योग रहेकोले सचेत रहनुपर्नेछ ।

तुला
रोकिएको काम पूरा हुनेछ । आत्मविश्वास बढ्नेछ । आफन्तबाट उपहार मिल्नेछ । वैवाहिक सम्बन्ध सुमधुर रहनेछ । कडा मिहिनेत गर्नुपरेता पनि मिहिनेत अनुसारको फल मिल्नेछ ।

वृश्चिक
तनाव बढ्नेछ । मनमा अशान्ती छाउनेछ । कडा मिहिनेत गर्नुपर्नेछ । शुभ समाचार प्राप्त हुनेछ ।

धनु
रोकिएको काम सुचारु हुनेछ । घुमफिरको योग रहेको छ । वादविवादमा नतिजा तपाईंको विपक्षमा आउनेछ । सम्बन्धहरुका कारण खुशी छाउनेछ ।

मकर
मनोरंजनमा खर्च हुनेछ । सम्बन्धमा खटपट हुनेछ । घमण्डी व्यक्तिको संगतले हानी गर्ने योग रहेकाले त्यस्ता व्यक्ति देखि टाढा बस्नु राम्रो हुनेछ ।

कुम्भ
काममा लाभ मिल्नेछ । अतिरिक्त आम्दानी हुनेछ । परिवारमा खुशी छाउनेछ । व्यक्तित्वमा निखारता आउनेछ ।

मिन
मानसिक शान्ती मिल्नेछ । दाङ पुण्यमा मन जानेछ । बोलीमा ध्यान पुर्याउनुपर्ने समय छ । लेनदेनमा सावधानी अपनाउनुहोला ।

Entertainment
  • No categories
Loading...

You Might Also Like