एकै दिन ८०० रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, तोलाको कति ?

काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै उकालो लागेको छ। मंगलबार प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८ सय रुपैयाँ बढेर ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि उकालो लागेको छ। मंगलबार प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ८ सय रुपैयाँ बढेर ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी ५५५ रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ उपत्यका भन्दा बाहिरका स्थानमा भने महासंघले तोके बमोजिम सुन चाँदीको मूल्यमा केही तलमाथी हुन सक्नेछ।

Loading...

You Might Also Like