आज ह्वात्तै बढ्यो अमेरिकी डलर र कुवेती दिनारको मूल्य

काठमाडौं, २६ पौष । नेपाली बजारमा आज बिहीबार अमेरिकी डलरको भाउ उकालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ४४ पैसा रहेको छ भने विक्रिदर ११३ रुपैयाँ ४ पैसा रहेको छ। यसअघि डलरको भाउ १११ रुपैयाँ २० पैसा रहेको थियो।

आज साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रिदर ३० रुपैयाँ १३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्री दर ३१ रुपैयाँ ४ पैसा रहेको छ।

युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रिदर ३० रुपैयाँ ७८ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४७ पैसा रहेको छ।

त्यसैगरी दक्षिण कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३ पैसा र बिक्रिदर १० रुपैयाँ ९ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ७० रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर ३ सय ७२ रुपैयाँ ९० पैसा रहेको छ। यसअघि दिनारको मूल्य ३६६ रुपैयाँ रहेको थियो।

अन्य देशको विवरण तालिकामा हेर्नुहोस्

Loading...

You Might Also Like