विकास र समृद्धिमा भूमिका खेल्छु : पूर्वराष्ट्रपति डा. यादव

दाङ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकलाई समृद्धिको मार्गमा लैजान आफूले सकारात्मक भूमिका निर्वाह गर्ने बताएका छन्।

आज दाङको टरिगाउँ विमानस्थलमा रिपोर्टर्स क्लब दाङले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा उनले भने, “मुलुकको विकास र समृद्धिमा आफ्नो सकारात्मक भूमिका रहन्छ।”

पूर्वराष्ट्रपति डा. यादवले मुलुकलाई सही ढङ्गबाट सञ्चालन गर्नका लागि संविधान अक्षरशः कार्यान्वयन हुनुपर्छ भन्ने आम जनताको आशा र भरोसा जस्तै आफ्नो पनि चाहाना रहेको छ उल्लेख गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अझ बलियो र सुदृढ बनाउनुपर्ने बताए।

वनजङ्गल तथा वातावरण संरक्षणमा सबै लाग्नुपर्नेमा पनि उनले जोड दिए।

Loading...

You Might Also Like