ओली सरकारले तोक्यो नयाँ मर्यादाक्रम, कुन स्थानमा को ? (सूची सहित)

काठमाडौं । नेपाल सरकारले आज स्थानीय देखि विशिष्ट पदाधिकारीसम्मको मर्यादाक्रम तोकेको छ। प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले हिजो बिहीबार प्रदेश र स्थानीय तहलाई समेत समेटेर नयाँ वरियताक्रम सार्बजनिक गरेको हो।

नयाँ मर्यादाक्रम अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, प्रदेश प्रमूख देखि स्थानीय तहका सबै पदाधिकारीको मर्यादाक्रम तोकेको हो ।

यस्तो छ सरकारले सार्बजनिक गरेको नयाँ मर्यादाक्रम

१) राष्ट्रपति
२) उपराष्ट्रपति
३) प्रधानमन्त्री
४) प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष
५) पूर्वराष्ट्रपति, उप राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष
६) प्रदेश प्रमुख (आफ्नो प्रदेश भित्र)

७) केन्द्र सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री(आफ्नो प्रदेशभित्र), प्रदेश प्रमुख (आफ्नो प्रदेश बाहिर), विपक्षी दलका नेता, नेपाल रत्न पाउनेहरू, पूर्व प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सत्तापक्षका संसदीय दलका उपनेता, व्यवस्थापिका संसद् पूर्व सभामुख, प्रतिनिधिसभाका पूर्व सभामुख, राष्ट्रिय सभाका पूर्व अध्यक्ष, नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री र पूर्वमन्त्री

८) नेपाल सरकारका राज्यमन्त्री, प्रतिनिधिसभाका मुख्य सचेतक(सक्ता पक्षको), प्रतिनिधिसभाका प्रमुख सचेतक(विपक्षीदलको), प्रतिनिधि सभाका विभिन्न सभाका सभापति, राष्ट्रिय सभाका विभिन्न समितिका सभापति, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, राष्ट्रिय सभाका सत्ता पक्षका नेता, राष्ट्रिय सभाका सत्ता पक्षको मुख्य सचेतक, र राष्ट्रिय सभाका विपक्षी दलको नेता, राष्ट्रिय सभाका विपक्षी दलको प्रमुख सचेतक र प्रदेश सभाका सभामुख ।

९) नेपाल सरकारका सहायक मन्त्री, प्रदेश सरकारका मन्त्री, प्रतिनिधि सभाका सदस्य राष्ट्रिय सभाका सदस्य, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका उपसभामुख, प्रदेश सभाका विभिन्न समितिका सभापति, काठमाडौँ महानगरपालिकाका प्रमुख, संविधान सभाका सदस्य, पूर्वै सांसद, नेपाल सरकारका मुख्यसचिव र प्रधानसेनापति ।

१०) प्रदेश सरकारका सहायक मन्त्री, प्रदेश सभाका सचेतक, प्रदेश सभाका सदस्य, महानगरपाकिालका प्रमुख(काठमाडौँ महानगरपालिकाबाहेक), जिल्ला समन्वय समितिका प्रमुख ।

११) संवैधानिक निकायका सदस्य तथा आयुक्त, न्यायपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका सदस्य, सङ्घीय सांसदका महासचिव, सर्वोचच अदालतका मुख्य रजिस्ट्रार, उच्च अदालतका मुख्य न्यायाधीश, नेपाल राष्ट्र बैङ्कका गभर्नर, प्रज्ञा प्रतिष्ठानका कुलपति, विश्वविद्यालयका उपकुलपति।

१२) नेपाल सरकारका सचिव एवं विशिष्ट श्रेणीका अधिकृत, राष्ट्र गौरव पाउने महानुभावहरू, नेपाली राजदूत, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक(राअवि), सर्वोच्च अदालतका रजिस्ट्रार, नायव महान्यायाधिवक्ता, उपमहालेखापरीक्षक, प्रदेश सरकारका प्रमुख सचिव, प्रज्ञा प्रतिष्ठानका उपकुलपति, विश्वविद्यालयका प्राध्यापक, उपमहानगरपालिकाका प्रमुख, महानगरपालिकाका उपप्रमुख।

१३) उच्च अदालतका न्यायाधीश, नेपालस्थित संयुक्त राष्ट्र सङ्घीय आवासीय संयोजक

१४) प्रदेश लोकसेवा आयोगका अध्यक्ष, नगरपालिकाका प्रमुख, उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, प्रदेश लोक सेवा आयोगका सदस्यहरू ।

१५) जिल्ला समन्वय समितिका उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका उपप्रमुख, नेपाल सरकारका सहसचिव, राजपत्राँकित प्रथम श्रेणीका अधिकृत, जिल्ला न्यायाधीश, प्रदेश सरकारकार सचिव, प्रमुख जिल्ला अधिकारी(राजपत्रांकृत प्रथम श्रेणी), विश्व विद्यालयका सह प्राध्यापक ।

१६) सहायक रथी, प्रहरी नायव महानिरीक्षक, सशस्त्र प्रहरी नायव महानिरीक्षक, राअबि अनुसन्धान निर्देशक, नेपालस्थित विदेशी कन्सुल जनरल, महासेनानी, प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, राअबी सह अनुसन्धान निर्देशक, प्रदेश सरकार तथा स्थानीय तहका रापत्रांकित प्रथम श्रेणी वा सेसरहका अधिकृत, प्रमुख जिल्ला अधिकारी(राजपत्रांकृत द्धितिय श्रेणी), सार्वनिक संस्थानका प्रमुख एवं कार्यकारी र गाउँपालिकाका उपाध्यक्ष ।

१७) नेपाल सरकारका उपसचिव वा सो सरहका अधिकृत, प्रमुख सेनानी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राअवी उपअनुसन्धान निर्देशक, विश्वविद्यालयका उपप्राध्यापक ।

१८) सेनानी, प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी नायव उपरीक्षक, राअवी प्रमुख अनुसन्धान अधिकृत, प्रदेश सरकार तथा स्थानीय तहका राजपत्रांकित द्धितिय श्रेणी वा सो सरहका अधिकृतहरू ।

१९) नेपाल सरकारका शाखा अधिकृत वा सो सरहका अधिकृत, सह सेनानी, विश्वविद्यालयका सहायक प्राध्यापक ।

२०) प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत, उपसेनानी रहेका छन् भने प्रदेश सरकार तथा स्थानीय तहका राजपत्रांकित तृतीय श्रेणी वा सो सरहका अधिकृत, सहायक सेनानी ।

Loading...

You Might Also Like