आँखालाई सुन्दर मेकअप गर्ने सजिलो तरिका (विधि सहित)

एजेन्सी । सुन्दर अनुहारको लागि आँखाले निकै महत्वपूर्ण भूमिका खेल्छ । मानिसको सुन्दरता नै आँखाले झल्काउँछ । कोही पनि व्यक्तिको अनुहारमा हेर्दा हाम्रो नजर आँखामा जाने गर्छ । त्यसैले अनुहारको मेकअपमा आँखाको मेकअपलाई सबैभन्दा महत्वपूर्ण मानिन्छ । आँखाको मेकअप अरु मेकअपको तुलनामा कलात्मक र समय बढी लाग्ने हुन्छ।

आँखाको मेकअप गर्दा सुरुमै आइस्याडो लगाउनु हुँदैन । आइस्याड़ोलाई लामो समय टिकाउन र आँखाको छालालाई राम्रो अवस्थामा राखिराख्नको लागि आइस्याड़ो लगाउनु भन्दा पहिले कन्सिलर लगाउनु राम्रो हुन्छ । केहीले आँखामा फाउन्डेसन नै लगाउने गर्छन् । तर आँखाको छालाको लागि फाउन्डेसनको तुलनामा कन्सिलर राम्रो मानिन्छ । कन्सिलर राम्रोसंग छालामा हराउने गरि लगाएपछि मात्र आइस्याड़ो लगाउनुपर्छ।

धेरैले आइस्याड़ो लगाउने रहर भएतापनि लगाउँदा लतपत हुने, आकार दिन नजान्ने डरले लगाउंदैनन् । यस्तो समस्याबाट छुटकारा पाउनको लागि आँखाको छेउको भागमा टेप टासेर आइस्याड़ो लगाउन सकिन्छ । आइस्याड़ो लगाउँदा आँखीभौं मुनी खुम्चिएको या घेरा परेको भागलाई मूख्य ध्यान दिनुपर्छ । सुरुमा हल्का रंग त्यस घेरामा लगाउनुपर्छ । त्यसपछि थोरै गाढा रंग लिएर त्यसमा राम्रोसंग लगाउनुपर्छ । यसरि लगाउँदा घेराको रंग गाढा हुँदै जान्छ ।

पछिल्लो समय आइस्याड़ो लगाउँदा दुई रंग लगाउने चलन बढेको छ । दुई रंग मध्ये धेरैजसो एउटा रंग कालो लगाउने गरिन्छ । बीच भागमा छड्के घेरा सिमानाको रुपमा लगाएर छेउको भाग पट्टि कालो या गाढा रंगको आइस्याड़ो लगाउनुपर्छ । त्यसलाई ब्रसले राम्रोसंग छालामा मिल्ने गरि लगाउनुपर्छ । त्यसपछि अर्को हलुका या चमकदार रंग लिएर आँखाको कुना पट्टिको भागमा लगाउनुपर्छ । अब बीचको छड्के गाढा रंगको घेरालाई त्यही गाढा रंग नै बुरुसमा लिएर दुई रंगमा मिलाउनुपर्छ।

Loading...

You Might Also Like