आजको राशिफल- २०७५ साल माघ २८ गते सोमबार

आज मिति २०७५ साल माघ २८ गते सोमबार तदनुसार इश्वी सम्वत सन् २०१९ फेब्रुवरी ११ तारिख। माघ शुक्लपक्ष षष्ठी तिथि। प्रस्तुत छ राशिफल

मेष
पूरानो कुरालाई लिएर साथीसंग बहस हुनेछ । जीवनसाथीसंग मतभेद हुनेछ । विवादबाट टाढा रहनु उचित हुनेछ । काममा बाधाहरु देखिनेछन् । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

वृष
कडा मिहिनेत गर्नुपर्ने समय छ । आर्थिक लाभ हुनेछ । नयाँ सम्बन्धहरु बन्नेछन् । प्रेम सम्बन्धमा भावनामा बगेर निर्णय नलिनु उचित हुनेछ । परिवारमा शान्ती छाउनेछ ।

मिथुन
मनोरंजनको क्षेत्रमा अत्यधिक खर्च हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । परिवारमा खुशी छाउनेछ । पेटको बिमारीले सताउनेछ । जीवनसाथीको साथ र सहयोग मिल्नेछ ।

कर्कट
मान प्रतिष्ठा बढ्नेछ । व्यवसायमा प्रगति हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । चोटपटक या दुर्घटनाको भय रहनेछ । भाइ बहिनीको साथमा भ्रमणको योग रहेको छ ।

सिंह
आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ । पदोन्नतिको योग रहेको छ । वरिष्ठ व्यक्तिको साथ मिल्नेछ । आर्थिक लाभ मिल्नेछ । परिवारमा खुशी छाउनेछ ।

कन्या
नयाँ सम्बन्धहरु बन्नेछन् । परिवारका सदस्यबीच मतभेद उत्पन्ना हुनेछ ।काममा कडा मिहिनेत गर्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

तुला
व्यवसायमा नयाँ योजनाहरु बन्नेछन् । आर्थिक लाभ मिल्नेछ । मिहिनेत अनुसारको सफलता मिल्नेछ । मान प्रतिष्ठा बढ्नेछ । परिवारमा खुशी छाउनेछ ।

वृश्चिक
भौतिक सुविधाको सामान खरिद गरिनेछ । मिहिनेत अनुसारको सफलता मिल्नेछ । शत्रु माथी विजय प्राप्त गरिनेछ । बोलीको प्रभाव बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

धनु
भाग्यले साथ दिनेछ । परिक्षा तथा प्रतियोगितामा जित हासिल गरिनेछ । नयाँ कार्यको सुरुवात हुनेछ । आत्मविश्वास बढ्नेछ । समाजसेवामा मन जानेछ ।

मकर
वरिष्ठ व्यक्तिको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । करियरमा प्रगति हुनेछ । आम्दानी बढ्नेछ । मनमा शान्ती छाउनेछ । पारिवारिक जीवन राम्रो रहनेछ ।

कुम्भ
व्यवसायमा लाभ मिल्नेछ । नोकरीमा नयाँ अवसरहरु प्राप्त हुनेछन् । नयाँ सम्झौताका कारण चिन्ता बढ्नेछ । कोही व्यक्तिले गर्दा आर्थिक तनाव उत्पन्न हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।

मीन
व्यवसायमा नयाँ सम्झौता हुनेछ । प्रतिस्पर्धीले खुट्टा तान्ने प्रयास गरेतापनि सफल हुने छैनन् । परिवारमा खुशी र शान्ती छाउनेछ । यात्राबाट लाभ मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ ।

Loading...
dupteswor

You Might Also Like