आज पनि घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको भाउ

इन्टरनेटखबर फागुन १, काठमाडौं।आज मिति वि.सं. २०७५ साल फागुन १ गते बुधबार तदनुसार इस्वी सन २०१९ फेब्रुअरी १३ तारिख, नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा आज सुनको मूल्य २ सय रुपैयाँले घटेको हो।

मंगलबार ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर आज प्रतितोला ६१ हजार ६सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै मंगलबार प्रतितोला ६१ हजार ५ सय रुपैयाँमा कारोवार भएको तेजावी सुनको मूल्य आज ६१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ७७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बुधबार ५ रुपैयाँले घटेर ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

You Might Also Like