आजको राशिफल : २०७५ फागुन १८ गते, शनिबार

वि.सं. २०७५ साल फागुन १८ गते शनिबार तदनुसार इश्वी सन् २०१९ मार्च २ तारिख फाल्गुण कृष्णपक्ष, तिथि– एकादशी, प्रस्तुत छ आजको राशिफल :

मेष
व्यवसायिक क्षेत्रमा राम्रो प्रतिफल मिल्नेछ । आत्मविश्वास बढ्नेछ । प्रतिष्ठित व्यक्तिहरुसंग नजिक भइनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । प्रेम सम्बन्धले विवाहको रुप लिने योग रहेको छ ।

वृष
समाजमा मान प्रतिष्ठा बढ्नेछ । नयाँ रोजगारी प्राप्त हुनेछ । फलदायी यात्रा हुनेछ । आर्थिक पक्ष बलियो रहनेछ । करियरमा प्रगति हुनेछ ।

मिथुन
रोकिएको काम सुचारु हुनेछ । व्यवसायले गती लिनेछ । खर्च बढेतापनि आम्दानी पनि राम्रो रहनेछ । कुनै विशेष कार्यक्रममा सहभागी भइनेछ ।

कर्कट
चुनौतीको सामना गर्नु परेतापनि हिम्मतका कारण सफलता मिल्नेछ । परिवारका साथमा रमाइलो माहोल बन्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

सिंह
भाग्यले साथ दिनेछ । उत्साह बढ्नेछ । रोकिएका काम सुचारु हुनेछन् । काममा मेहनत अनुसारको फल प्राप्त हुनेछ । प्रेमसम्बन्ध सुमधुर रहनेछ ।

कन्या
नोकरीमा नयाँ अवसर प्राप्त हुनेछ । प्रतियोगितामा सफलता हासिल गर्न सकिनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । आफ्नो मेहनतका कारण प्रयास गरेका सबैजसो काम सफल हुनेछन् ।

तुला
व्यवसायमा प्रगति हुनेछ । आम्दानिको नयाँ स्रोत फेला पर्नेछ । शुभ कार्यमा सहभागी भइनेछ । आज गरिएको निर्णयले भविष्यमा फाइदा पुग्नेछ ।

वृश्चिक
सामाजिक तथा राजनीतिक क्षेत्रमा राम्रो स्थान हासिल गर्न सकिनेछ । आत्मविश्वास बढ्नेछ । शत्रु माथि जित हासिल गर्न सकिनेछ । प्रेम सम्बन्धको सुरुवात हुनेछ ।

धनु
कुनै कुरालाई लिएर सहकर्मीको साथमा बहस हुनेछ । आफ्नो बोली तथा व्यवहारमा विशेष ध्यान दिनुपर्ने समय छ । स्वास्थ्य समस्याले सताउनेछ ।

मकर
नयाँ काम सुरु हुनेछ । प्रतिष्ठित व्यक्तिहरुसंग सम्बन्ध बढ्नेछ । काम सम्बन्धि यात्रा फलदायी रहनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

कुम्भ
प्रयास गरेका कामहरु सफल हुनेछन् । जीवनसाथीसंग मतभेद हुनेछ । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने समय छ । यात्राको योग रहेको छ ।

मीन
व्यवसायिक सम्बन्धहरु बन्नेछन् । मान प्रतिष्ठा बढ्नेछ । धन लाभ हुनेछ । काम सम्बन्धि फलदायी यात्राको योग रहेको छ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

Loading...
dupteswor

You Might Also Like