आजको राशिफल : २०७५ साल फागुन २२ गते बुधबार

आज मिति वि.सं. २०७५ साल फागुन २२ गते बुधबार तदनुसार इश्वी सन् २०१९ मार्च ६ तारिख। फाल्गुण कृष्णपक्ष। तिथि– औंसी। प्रस्तुत छ आजको राशिफल :

मेष
काम गर्दा विशेष ध्यान पुर्याउनुपर्नेछ । स्वास्थ्य गडबड हुनेछ । लामो दूरीको यात्रा हुनेछ । आर्थिक लाभ मिल्नेछ । घरपरिवारमा मतभेदको सम्भावना रहेको छ ।

वृष
विवादबाट टाढा रहनु आजको लागि राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । सन्तानको शिक्षाको विषयले चिन्ता बढ्नेछ । पूरानो कुरालाई लिएर सहयोगीहरुसंग विवाद हुन सक्नेछ ।

मिथुन
बोलीमा नियन्त्रण गर्नुपर्नेछ । वैवाहिक सम्बन्ध राम्रो रहनेछ । आर्थिक लाभको लागि कडा मिहिनेत गर्नुपर्नेछ । सुख सुविधा प्राप्त हुनेछ ।

कर्कट
काममा प्रशंसा मिल्नेछ । थोरै सावधानी अपनाउन सकेमा काममा सफलता मिल्नेछ । धार्मिक कार्यमा सहभागी भइनेछ । फजुल खर्च बढ्नेछ ।

सिंह
स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । जागिरमा कठीन परिस्थतिको सामना गर्नुपर्नेछ । भाइ बहिनीबाट आवश्यक सहयोग मिल्नेछ । छोटो दुरीको यात्रा लाभदायक रहनेछ ।

कन्या
आज काममा सफलता मिल्नेछ । नयाँ योजना बन्नेछन् । मान प्रतिष्ठामा वृद्धि हुनेछ । परिवारमा सुख र शान्ति छाउनेछ । मनोरंजनमा खर्च हुनेछ ।

तुला
आर्थिक स्थितिमा सुधार हुनेछ । मान प्रतिष्ठा बढ्नेछ । मिहिनेत अनुसार सफलता मिल्नेछ । जीवनसाथीको साथ र सहयोग रहनेछ । व्यापार विस्तार हुनेछ ।

वृश्चिक
आज मिश्रित फल मिल्नेछ । आम्दानी संगसंगै खर्च पनि बढ्नेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्छ । पारीवारमा मतभेद उत्पन्न हुनेछ ।

धनु
व्यापारमा लाभ मिल्नेछ । सहयोगीको साथले महत्वपूर्ण काम सम्पन्न गर्न सकिनेछ । यात्राको सम्भावना रहेको छ । पारिवारिक जीवन सुखद रहनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

मकर
आफ्नो बुद्धिले हरेक काममा सफलता हासिल गर्न सकिनेछ । बोलीको प्रभाव बढ्नेछ । यात्रामा लाभ मिल्नेछ । व्यवसायमा उन्नति हुनेछ ।

कुम्भ
व्यवसायमा तनाव बढ्नेछ । वैवाहिक सम्बन्ध सुमधुर रहनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । सन्तान सम्बन्धि समस्या समाधान हुनेछ ।

मीन
आर्थिक पक्ष सुधार हुनेछ । व्यापारिक यात्राको सम्भावना रहेको छ । स्वास्थ्यमा गडबडी आउनेछ । काममा सफलता मिल्नेछ । समाजमा प्रतिष्ठित व्यक्तिहरुसंग निकटता बढ्नेछ ।

Loading...

You Might Also Like