तपाईंको आजको भाग्य कस्तो छ ? हेर्नुहोस् राशिफल:बि.सं २०७५ फागुन २३ गते बिहिबार

आज मिति बि.सं २०७५ साल फागुन २३ गते बिहिबार तदनुसार इस्वी सम्वत सन २०१९ मार्च ७ गते यस्तो छ आजको राशिफल :

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायिक जीवनमा सफलता मिल्नेछ । समाजमा मान प्रतिष्ठा मिल्नेछ । नयाँ काम सुरु गर्नको लागि राम्रो समय रहेको छ । परिवारमा खुशी छाउनेछ । मनमा शान्ती मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) लाभ प्राप्त हुनेछ । महत्वाकांक्षा पूरा हुनेछन् । सन्तानका कारण खुशी मिल्नेछ । कुनै नयाँ कामको लागि खर्च बढ्नेछ । आफ्नी आमाको स्वास्थ्यको ख्याल राख्नुपर्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)भौतिक सुख मिल्नेछ । आकस्मिक लाभ हुनेछ । सन्तान या माताको स्वास्थ्यले तनाव उत्पन्न हुनेछ । कार्यक्षेत्रमा प्रशंसा र समाजमा सम्मान मिल्नेछ । शत्रुले खुट्टा तान्ने प्रयास गरेतापनि सफल हुनेछैनन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)व्यवसायमा नयाँ ढंगले काम गर्नको लागि आजको दिन उत्तम रहेको छ । काममा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिहरुको सहयोग मिल्नेछ ।
सम्बन्धहरु सुमधुर रहनेछन् । प्रशंसा मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)व्यापारमा आज गरेका सम्झौताले राम्रो प्रतिफल दिनेछन् । कामको सिलसिलामा टाढाको यात्रा हुनेछ । काममा मिहिनेत अनुसारको सफलता मिल्नेछ । परिवारका सदस्यको स्वास्थ्य समस्याले चिन्तित गराउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)विदेशीसंगको सम्पर्कले आर्थिक लाभ मिल्नेछ । व्यापार व्यवसायमा निर्णय लिंदा विशेष ध्यान पुर्याउनुपर्ने छ । सोंच विचारका साथ गरिएको कामले सफलता दिलाउनेछ । जीवनसाथीको स्वास्थ्यका कारण तनाव उत्पन्न हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)पारिवारिक जीवन अस्थिर रहनेछ । प्रेम समबन्ध सुमधुर रहनेछ । लगनशीलताका कारण आम्दानी बढ्नेछ । कार्यक्षेत्रमा आफ्नो क्षमताले अरुलाई प्रभावित पार्न सकिनेछ । इमान्दारीपूर्ण व्यवहारका कारण प्रशंसा मिल्नेछ

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)समस्याको सामना गर्नुपर्नेछ । स्वास्थ्यमा गडबड हुनेछ । भावनात्मक रुपमा कमजोर महसुस हुनेछ । प्रेम सम्बन्धमा बाँधिनको लागि आजको दिन राम्रो रहने छैन । आउनुपर्ने धन रोकिनाले आर्थिक संकटको सामना गर्नुपर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)प्रसिद्धि मिल्नेछ । प्रतिष्ठित व्यक्तिहरुको सहयोग मिल्नेछ । नोकरीमा पदोन्नति हुनेछ । जीवनशैलीमा परिवर्तन आउनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)व्यापार व्यवसायमा सुधार आउनेछ । आर्थिक लाभ मिल्नेछ । धार्मिक कार्यमा सहभागी भइनेछ । प्रशंसा मिल्नेछ । मानसिक रुपमा शान्ति महसुस हुनेछ । अरुलाई गरिएको सहयोगले आफ्नो प्रतिष्ठा बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)आज गरिने सबैजसो प्रयास सफल हुनेछन् । सामाजिक समारोहमा सहभागी भइनेछ । प्रसिद्धि मिल्नेछ । साथीहरुसंगको सम्बन्ध गाढा हुनेछ । परिवारमा खुशी छाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)सबै पक्षबाट लाभ प्राप्त हुनेछ । सहकर्मीको साथ र सहयोग मिल्नेछ । आत्मविश्वास बढ्नेछ । नयाँ कामको सुरुवात गरिनेछ । मान प्रतिष्ठा मिल्नेछ ।

Loading...
dupteswor

You Might Also Like