आजको राशिफल : २०७५ साल फागुन २७ गते सोमबार

मेष
मान प्रतिष्ठा बढ्नेछ । मन प्रसन्न रहनेछ । सोंचेका काम पूरा हुनेछन् । आत्मविश्वास बढ्नेछ । स्वास्थ्यमा भने केही सामान्य समस्या देखा पर्नेछ ।

वृष

खर्च बढ्नेछ । नयाँ सवारी साधान किन्ने योग रहेको छ । परिवारका साथमा रमाइलो समय व्यतित हुनेछ । महत्वपूर्ण व्यक्तिहरुसंग सम्बन्ध स्थापित हुनेछ ।

मिथुन
कार्यस्थलमा सकारात्मक वातावरण छाउनेछ । रोकिएको काम पूरा हुनेछ । परिक्षाको नतिजा राम्रो आउनेछ । विदेश यात्राको योग रहेको छ ।

कर्कट
आर्थिक लाभ हुनेछ । नयाँ सम्बन्धहरु बन्नेछन् । व्यवसायमा प्रतिस्पर्धीभन्दा धेरै अगाडी पुग्न सकिनेछ । विशिष्ट व्यक्तिहरुबाट सहयोग प्राप्त हुनेछ ।

सिंह
व्यवसायमा सफलता प्राप्त हुनेछ । परिवारमा शुभ कार्यको चर्चा चल्नेछ । नयाँ कामको सुरुवात हुनेछ । शत्रु माथि विजय प्राप्त हुनेछ ।

कन्या
व्यवसायिक यात्रा हुनेछ । व्यवसायमा नयाँ योजनाहरु बन्नेछन् । आर्थिक लेनदेन गर्दा या कुनै पनि सम्झौता गर्दा विशेष सावधानी अपनाउनुपर्ने समय रहेको छ । सामाजिक काम या समारोहमा सहभागी भइनेछ ।

तुला
वरिष्ठ व्यक्तिहरुको सहयोग मिल्नेछ । आर्थिक लाभ मिल्नेछ । साझेदारको पूर्ण सहयोग रहनेछ । नयाँ परिचित व्यक्तिहरुबाट धोका हुन सक्नेछ । परिवारमा तनाव उत्पन्न हुनेछ ।

वृश्चिक
व्यापारमा सफलता मिल्नेछ । नयाँ अवसरहरु प्राप्त हुनेछन् । कडा मिहिनेतका कारण प्रोत्साहन तथा प्रशंसा मिल्नेछ । सामाजिक सम्बन्धका कारण फाइदा मिल्नेछ । स्वास्थ्यमा समस्या उत्पन्न हुनेछ ।

धनु
व्यापार व्यवसायमा ठूलो सफलता मिल्न सक्नेछ । नयाँ सम्झौताहरुले फाइदा दिनेछन् । इष्टमित्रको साथ र सहयोग मिल्नेछ । विवाहको चर्चा चल्नेछ । हाडजोर्नी दुखाइले चिन्तित बनाउनेछ ।

मकर
इमान्दारी पूर्वक गरिएको कामले अतिरिक्त लाभ मिल्नेछ । व्यापारमा आएका नयाँ अवसरमा केही जोखिमको सामना गर्नुपर्नेछ । स्वास्थ्य राम्रो रहनेछ । प्रेमसम्बन्ध सुमधुर रहनेछ ।

कुम्भ
दैनिक काम सहज तरिकाले सम्पन्न हुनेछन् । कामका नयाँ अवसरहरु मिल्नेछन् । आर्थिक लाभ मिल्नेछ । परिवारमा तनाव उत्पन्न हुन सक्नेछ । आमाको सल्लाहले काम बन्नेछ ।

मीन
नयाँ सम्पत्ति खरिद गर्नको लागि आजको दिन उचित रहने छैन । नोकरीमा कठीन परिस्थितिको सामना गर्नुपर्नेछ । आमा बुवाको सल्लाहमा गरिएको काम सफल हुनेछ । जीवनसाथीको साथमा भ्रमणको योग रहेको छ ।

You Might Also Like