आजको राशिफल : २०७५ साल, चैत्र १ गते शुक्रबार

rashifalls

मेष
आर्थिक घाटा व्यहोर्नुपर्ने सम्भावना छ । कठिनाईको सामना गर्नुपर्नेछ । गोपनियतालाई ध्यानमा राख्नुपर्ने समय रहेको छ । काम सफल भएतापनि विपक्षीको विरोधको सामना गर्नुपर्नेछ ।

वृष

मानसिक तनाव बढ्नेछ । नयाँ योजना सुरु गर्नुभन्दा पहिले निकै सोंचविचार गर्नुपर्ने समय रहेको छ । परिवार तथा साथीहरुसंग रमाइलो समय व्यतित हुनेछ ।

मिथुन
सामाजिक काममा सहभागी भइनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । प्रेम सम्बन्धमा मनमुटाव उत्पन्न हुने समय रहेको छ । अरुको सल्लाहमा हिंड्दा आर्थिक घाटा व्यहोर्नुपर्ने सम्भावना छ ।

कर्कट
आम्दानीको नयाँ स्रोत खुल्नेछ । सामाजिक काममा सहभागी भइनेछ । आफ्नो सकारात्मक सोंचले चुनौतीहरुको सामना गर्दै अगाडी बढिनेछ ।

सिंह
रचनात्मक कार्यले मन प्रसन्न रहनेछ । सामाजिक काममा सहभागी भइनेछ । गोपनियतामा ध्यान दिनुपर्ने समय रहेको छ । उपहार मिल्नेछ । प्रेमसम्बन्ध तथा वैवाहिक सम्बन्ध सुमधुर रहनेछ ।

कन्या
आकस्मिक धनलाभ हुनेछ । व्यवसायिक काममा सफलता मिल्नेछ । आफ्नो कारणले अरु कसैको मन दुख्ने सम्भावना रहेकोले सचेत रहनुपर्ने समय छ ।

तुला
कामबाट आराम मिल्नेछ । आर्थिक पक्ष सबल रहेतापनि खर्च बढ्नेछ । आवेगमा आएर निर्णय लिइने समय रहेकोले बोली व्यवहार तथा निर्णयमा संयमित रहनु उचित हुनेछ ।

वृश्चिक
आम्दानीको नयाँ स्रोत खुल्नेछ । व्यवसायीहरुका लागि उत्तम दिन रहेको छ । यात्रामा मालसामान चोरिने या हराउने सम्भावना रहेको छ । वैवाहिक सम्बन्धमा मतभेद उत्पन्न हुनेछ ।

धनु
धर्म तथा अध्यात्ममा मन जानेछ । आर्थिक पक्ष राम्रो रहनेछ । कुनै सभा समारोहमा सहभागी हुने सम्भावना रहेको छ । प्रेमसम्बन्ध राम्रो रहनेछ ।

मकर
घरेलु सामानबाट दुर्घटना हुन सक्ने सम्भावना रहेकोले सजग रहनु उचित हुनेछ । आर्थिक तनाव बढ्नेछ । विभिन्न आलोचना खेप्नुपर्नेछ ।

कुम्भ
प्रेमसम्बन्धमा बाधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । लामो यात्रा नगर्नु आजको लागि उत्तम हुनेछ ।

मीन
परिवारको विपक्षमा गएर निर्णय नलिनु आजको लागि हितकर रहनेछ । बोलीमा नियन्त्रण गर्नु राम्रो रहनेछ । कडा मिहिनेत गरेमा काममा सफलता हासिल गर्न सकिनेछ ।

Loading...

You Might Also Like