आजको राशिफलः मिति वि.सं.२०७५ चैत २२ गते,शुक्रबार

आज मिति वि.सं. २०७५ साल चैत २२ गते,शुक्रबार तदनुसार इश्वी सन् २०१९ अप्रिल ५ तारिख, प्रस्तुत छ राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार प्राप्त हुनेछ । भाग्यले साथ दिनेछ। मेहनत तथा योग्यता अनुसारको फल प्राप्त हुनेछ । विद्यार्थीहरुका लागि आजको दिन राम्रो रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)काममा सफलता मिल्नेछ । मतभेद पैदा हुन सक्छ । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने समय रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह)मान सम्मान बढ्नेछ । परिवारको साथ र माया पाइनेछ । धन लाभ हुनेछ । आफ्नो कार्य क्षेत्रमा सफलता प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)योजनाहरु सफल हुनेछन् । घर परिवारको सहयोग प्राप्त हुनेछ । कामकाजमा आशा अनुसारको प्रतिफल प्राप्त हुनेछ । धार्मिक कामले आत्मविश्वास बढ्नेछ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । प्रतियोगितामा राम्रो नतिजा हात पार्न सकिनेछ । स्वास्थ्यप्रति सचेत रहनु पर्नेछ । आफूले गल्ती नगरेको कुरामा आरोप लाग्न सक्ने हुनाले जुनसुकै काम गर्दा पनि विचार पुर्याउनु राम्रो हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)भाग्यले साथ दिनेछ । स्वास्थ्यमा ध्यान दिनुपर्नेछ । आलस्यता बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)जिम्मेवारीबोध हुनेछ । आमाको स्वास्थ्यलाई लिएर चिन्तित भइनेछ । परिवार तथा साथीहरुको सहयोग प्राप्त हुनेछ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)परिवार तथा साथीहरुबाट सहयोग प्राप्त हुनेछ । परिवारसंग समय बिताउनाले मनमा शान्ती मिल्नेछ । काममा सफलता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)परिवारमा समस्या आउनेछ । काममा सफलता प्राप्त हुनेछ । मान्यजनको आशिर्वाद प्राप्त हुनेछ । आजको लागि शुभ अंक ३ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)शरीरमा नयाँ जोश जाँगर उत्पन्न हुनेछ । कार्य सफल हुनेछ । साथीहरुले आवश्यक सहयोग गर्नेछन् । आफ्नो चलाखीले महत्वपूर्ण काम सम्पन्न हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)पारिवारिक सम्बन्ध राम्रो रहनेछ । रोकिएको काम पूरा हुनेछ । निलो रंगबाट आज टाढा रहनु नै राम्रो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)नयाँ योजनाहरु बन्नेछन् । परिवारबाट सहयोग मिल्नेछ । आजको लागि शुभ रङ्ग पहेंलो रङ्ग रहेको छ ।

You Might Also Like