आजको राशिफल : बि.सं. २०७५ साल चैत्र २६ गते मंगलबार

ajako rashifal

वि.सं. २०७५ साल चैत २६ गते मंगलबार तदनुसार इश्वी सन् २०१९ अप्रिल ९ तारिख। तिथि– चतुर्थी।प्रस्तुत छ राशिफलः

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यवसायिक जीवनमा सफलता मिल्नेछ । समाजमा मान प्रतिष्ठा मिल्नेछ । नयाँ काम सुरु गर्नको लागि राम्रो समय रहेको छ । परिवारमा खुशी छाउनेछ । मनमा शान्ती मिल्नेछ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लाभ प्राप्त हुनेछ । महत्वाकांक्षा पूरा हुनेछन् । सन्तानका कारण खुशी मिल्नेछ । कुनै नयाँ कामको लागि खर्च बढ्नेछ । आफ्नी आमाको स्वास्थ्यको ख्याल राख्नुपर्ने समय छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह)
भौतिक सुख मिल्नेछ । आकस्मिक लाभ हुनेछ । सन्तान या माताको स्वास्थ्यले तनाव उत्पन्न हुनेछ । कार्यक्षेत्रमा प्रशंसा र समाजमा सम्मान मिल्नेछ । शत्रुले खुट्टा तान्ने प्रयास गरेतापनि सफल हुनेछैनन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायमा नयाँ ढंगले काम गर्नको लागि आजको दिन उत्तम रहेको छ । काममा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिहरुको सहयोग मिल्नेछ ।
सम्बन्धहरु सुमधुर रहनेछन् । प्रशंसा मिल्नेछ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापारमा आज गरेका सम्झौताले राम्रो प्रतिफल दिनेछन् । कामको सिलसिलामा टाढाको यात्रा हुनेछ । काममा मिहिनेत अनुसारको सफलता मिल्नेछ । परिवारका सदस्यको स्वास्थ्य समस्याले चिन्तित गराउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विदेशीसंगको सम्पर्कले आर्थिक लाभ मिल्नेछ । व्यापार व्यवसायमा निर्णय लिंदा विशेष ध्यान पुर्याउनुपर्ने छ । सोंच विचारका साथ गरिएको कामले सफलता दिलाउनेछ । जीवनसाथीको स्वास्थ्यका कारण तनाव उत्पन्न हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक जीवन अस्थिर रहनेछ । प्रेम समबन्ध सुमधुर रहनेछ । लगनशीलताका कारण आम्दानी बढ्नेछ । कार्यक्षेत्रमा आफ्नो क्षमताले अरुलाई प्रभावित पार्न सकिनेछ । इमान्दारीपूर्ण व्यवहारका कारण प्रशंसा मिल्नेछ

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
समस्याको सामना गर्नुपर्नेछ । स्वास्थ्यमा गडबड हुनेछ । भावनात्मक रुपमा कमजोर महसुस हुनेछ । प्रेम सम्बन्धमा बाँधिनको लागि आजको दिन राम्रो रहने छैन । आउनुपर्ने धन रोकिनाले आर्थिक संकटको सामना गर्नुपर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रसिद्धि मिल्नेछ । प्रतिष्ठित व्यक्तिहरुको सहयोग मिल्नेछ । नोकरीमा पदोन्नति हुनेछ । जीवनशैलीमा परिवर्तन आउनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार व्यवसायमा सुधार आउनेछ । आर्थिक लाभ मिल्नेछ । धार्मिक कार्यमा सहभागी भइनेछ । प्रशंसा मिल्नेछ । मानसिक रुपमा शान्ति महसुस हुनेछ । अरुलाई गरिएको सहयोगले आफ्नो प्रतिष्ठा बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज गरिने सबैजसो प्रयास सफल हुनेछन् । सामाजिक समारोहमा सहभागी भइनेछ । प्रसिद्धि मिल्नेछ । साथीहरुसंगको सम्बन्ध गाढा हुनेछ । परिवारमा खुशी छाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सबै पक्षबाट लाभ प्राप्त हुनेछ । सहकर्मीको साथ र सहयोग मिल्नेछ । आत्मविश्वास बढ्नेछ । नयाँ कामको सुरुवात गरिनेछ । मान प्रतिष्ठा मिल्नेछ ।

You Might Also Like