आजको राशिफल : २०७५ चैत्र २९ गते शुक्रबार

आज वि.सं. २०७५ साल चैत २९ गते शुक्रबार तदनुसार इश्वी सम्बत् सन् २०१९ अप्रिल १२ तारिख चैत्र शुक्लपक्ष सप्तमी तिथि। आजको राशिफल :

मेष
उपहार प्राप्त हुनेछ । नयाँ रोजगारीको बाटो खुल्नेछ । रोकिएको विवाद या मुद्दा मामिलाको तपाईंको पक्षमा सुनवाई हुनेछ । सामाजिक या पारिवारिक जीवनमा निर्दोष हुँदा हुँदै पनि विभिन्न आरोप लाग्न सक्नेछन् ।

वृष
प्रिय व्यक्तिहरुसंग समय बित्नेछ । व्यवसायमा धैर्यता आवश्यक हुनेछ । प्रेमी प्रेमिकाबीच मतभेद उत्पन्न हुनेछ । अशुभ समाचारका कारण मन चिन्तित हुनेछ । स्वास्थ्यमा गडबड हुनेछ ।

मिथुन
परिवारमा खुशी र शान्ती छाउनेछ । नोकरी गर्नेहरुका लागि आजको दिन राम्रो रहनेछ । स्वास्थ्यमा स्वासप्रश्वास सम्बन्धि समस्या देखिनेछ । व्यवसायमा कडा मिहिनेत गर्नुपर्नेछ । कानुनी कामबाट आज टाढा रहनु नै उचित हुनेछ ।

कर्कट
समाजमा प्रतिष्ठा मिल्नेछ । विवाहको चर्चा चल्नेछ । बोली र व्यवहारमा नियन्त्रण गर्नुपर्ने समय छ । बसाइसराइ सम्बन्धि प्रक्रियाको काम अल्झीइनेछ ।

सिंह
आत्मविश्वासमा कमी आउनेछ । भावनात्मक पक्षसंग सम्बन्धित निर्णय लिनको लागि आजको दिन उचित छैन । साझेदारीमा गरिएको काम राम्रोसंग अगाडी बढ्नेछ । आज सकारात्मक सोंचमा केन्द्रित हुनु जरुरि छ ।

कन्या
सरकारी नोकरीको लागि आजको दिन राम्रो रहेको छ । व्यापारीहरुले आज प्रशस्त मात्रामा आर्थिक लाभ लिन सक्नेछन् । कार्य क्षेत्रमा नयाँ विचार सिर्जना हुनेछन् । आमाको स्वास्थ्य समस्याले गर्दा मन चिन्तित रहनेछ ।

तुला
परिवारसंग आफ्नो भावना र विचार प्रष्ट रुपमा राख्दै उनीहरुको सहयोग लिन सकिनेछ । यात्राको सम्भावना रहेको छ । बोली व्यवहारमा नियन्त्रण गर्नुपर्ने समय छ । विद्यार्थीहरुका लागि आजको दिन राम्रो रहने छैन ।

वृश्चिक
साझेदारका कारण समस्या निम्तिन सक्नेछ । कामको सिलसिलामा गरिएको यात्राले सोंचे अनुसारको प्रतिफल दिनेछैन । नयाँ काम सुरु गर्नको लागि आजको दिन उचित रहनेछैन । सम्बन्धहरुमा समेत चिसोपन देखिनेछ ।

धनु
नयाँ व्यापार तथा सम्झौता गर्नको लागि आजको दिन राम्रो रहेको छ । आर्थिक लाभ मिल्नेछ । महत्वपूर्ण कार्यक्रममा सहभागी भइनेछ । समाजमा मान प्रतिष्ठा बढ्नेछ ।

मकर
आज गरिएको सम्झौताले भविष्यमा राम्रो प्रतिफल दिनेछ । परिवारमा शान्ती र खुशी छाउनेछ । आत्मा सन्तुष्टि बढ्नेछ । मिहिनेत अनुसारको सफलता मिल्नेछ ।

कुम्भ
आजको दिन अत्यन्तै शुभ रहेको छ । हरेकजसो कार्यमा सफलता मिल्नेछ । परिवारमा खुशी छाउनेछ । अनुहारमा कान्ति र मनमा शान्ती छाउनेछ । सम्मान मिल्नेछ ।

मीन
कामको सिलसिलामा यात्रा गर्नुपर्ने समय छ । प्रतिष्ठित व्यक्तिको सहयोगले काम पूर्ण हुनेछ । मान प्रतिष्ठा मिल्नेछ । परिवारका सदस्यसंग मतभेद हुनसक्ने समय छ ।

Loading...

You Might Also Like