जन्मदिनमा अनाथ बालबालिकाका लागि सहयोग

kiwanis-news

काठमाडौँ, चैत २९ गते । किवानिज क्लव हेरिटेजले अनाथ बालबालिकालाई स्टेसनरी सामग्री वितरण गरेको छ ।

काठमाडौँ बसुन्धारामा रहेको ई–डियुसी नेपाल बाल आश्रममा रहेका ८४ जना अनाथ बालबालिकालाई एक कार्यक्रम आयोजना गरि सो सहयोग गरिएको हो ।

किवानिज क्लव अफ काठमाडौँका अध्यक्ष एकराज पन्तकी छोरी अनुष्का पन्तको जन्मदिनको अवसर पारेर सो बाल आश्रममा रहेका अनाथ बालबालिकालाई आवश्यक पर्ने स्टेसनरी र खाद्यान्न सामग्री हस्तारण गरिएको हेरिटेज क्लवका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

किवानिज इन्टरनेशनल नेपालका अध्यक्ष सुजन कुमार श्रेष्ठले सहयोग सामग्री हस्तान्तरण गदैँ किवानिज नेपाल बालबालिका मार्फत् विश्वलाई स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न बालबालिकाका क्षेत्रमा अग्रसर रहेको बताउनुभयो ।

किवानिज इन्टरनेशनल नेपालका निर्वाचित अध्यक्ष मोहन लम्सालले अनाथ बालबालिकाहरुलाई सहयोग गर्नु ठुलो धर्मको काम भएको बताउदै जन्मदिनको अवसरमा यस्तै रचनात्मक काम गर्न सबैलाई आग्रह गर्नुभयो ।

किवानिज क्लव अफ काठमाडौँका अध्यक्ष एकराज पन्तले छोरीको जन्मदिनमा बालबालिकालाई सहयोग गर्न पाउँदा खुसीको महसुस गरेको बताउनुभयो ।

कार्यक्रममा किवानिज इन्टरनेशनल नेपालका सचिव लक्ष्मण लम्साल, किवानिज चिल्ड्रेन फन्ड नेपालका अध्यक्ष दामोदर ढकाल, किवानिज चिल्ड्रेन फन्ड नेपालका कोषाध्यक्ष नारायण राउत लगायतको उपस्थिति रहेको थियो ।

Loading...

You Might Also Like