आजको राशिफल : २०७६ साल वैशाख २२ गते आइतबार

आज वि.सं. २०७६ साल वैशाख २२ गते आइतबार, इश्वी सन् २०१९ मे ५ तारिख वैशाख शुक्लपक्ष, तिथि– प्रतिपदा, २८:२४ बजेउप्रान्त द्वितीया। आजको राशिफल :

मेष
रिसलाई नियन्त्रण गर्नुपर्ने समय छ । आर्थिक तनाव रहनेछ । कडा परिश्रमको योग रहेको छ । कुनै पनि निर्णय गर्दा सावधानी अपनाउनु पर्ने समय छ ।

वृष
आकस्मिक लाभ हुनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । परिवारमा शान्ती छाउनेछ । प्रेमको सम्बन्ध कसिलो हुनेछ ।

मिथुन
महत्वाकांक्षी योजनाहरुले अन्तिम रुप लिनेछन् । नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचार सुन्न पाइनेछ । मनमा शान्ती र अनुहारमा कान्ती छाउनेछ ।

कर्कट
काममा प्रशंसा मिल्नेछ । कार्य सफल हुनेछन् । फजुल खर्च बढ्नेछ । सामाजिक काममा सहभागी भइनेछ ।

सिंह
कडा मेहनत गरेमा फल प्राप्त हुनेछ । स्वास्थ्य प्रति सजग हुनुपर्ने समय छ । खर्च बढ्नेछ । जीवनसाथीको सहयोगले काम सम्पन्न हुनेछ ।

कन्या
मनमा अशान्ती छाउनेछ । व्यवसायमा तनाव हुनेछ । सहकर्मीका साथ मनमुटाव हुनसक्नेछ । आर्थिक समस्या उत्पन्न हुनेछ ।

तुला
विदेश यात्राको अवसर मिल्नेछ । काममा भने सावधानी अपनाउनु पर्ने समय छ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

वृश्चिक
मान प्रतिष्ठा मिल्नेछ । व्यवसायमा सफलता मिल्नेछ । खर्च बढ्नेछ । पारिवारिक तथा प्रेम सम्बन्धमा मनमुटाव सिर्जना हुन सक्नेछ ।

धनु
भाग्यले साथ दिनेछ । प्रतिष्ठित व्यक्तिहरुको सहयोग मिल्नेछ । विदेश यात्राको योग रहेको छ । पारिवारिक तथा प्रेम जीवन सुन्दर रहनेछ ।

मकर
कामको सिलसिलामा यात्रा हुनेछ । नोकरीमा प्रगति हुनेछ । धन लाभ हुनेछ । स्वास्थ्यमा गडबडी देखिनेछ ।

कुम्भ
बोलीमा नियन्त्रण गर्नुपर्ने समय छ । धनसम्पत्तिको मामिलामा तनाव उत्पन्न हुनेछ । केही दान गर्नाले समय केही सकारात्मक हुनेछ ।

मीन
मनमा उत्साह जाग्नेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । पुराना साथीसंग भेट हुनेछ । मन प्रसन्न रहनेछ ।

Loading...
dupteswor

You Might Also Like